‘टिपर आतंक’ले त्रसित टेकानवासी, मापदण्ड विपरित चाँदी नदीको तीव्र दोहन, नियमनकारी निकाय मौन

0 Shares

रौतहट, ६ जेठ । रौतहट जिल्लामा यतिखेर विकास निर्माणको नाममा व्यापक खोला दोहन गर्दै टिपर आतंकबाट स्थानीयहरु त्रसित बन्दै गएको पाइएका छन् ।
चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने चाँदी नदी क्षेत्रमा नदीजन्य पदार्थको तीव्र उत्खनन् भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
अवैध तथा मापदण्ड विपरीत मेशिनको प्रयोग गरेर जथाभावी रुपमा उत्खननको आडमा तिव्र रुपमा खोलाको दोहन गर्दै गएपनि सम्बन्धित निकायहरु सेटिंगमै मस्त रहदा मुकदर्शक बनेर मात्रै बसेको पाइएको छ ।
खासगरी वडा नम्बर–४ स्थित टेकान क्षेत्रको मूल सडक प्रयोग गर्दै दैनिक दर्जनौ ओभरलोड टिपर गाउँको बीचबाट आवतजावत गरिरहेका छन् । स्थानीयका अनुसार सयौ टिपर नदीजन्य पदार्थ ढुवानी गरिरहदा ग्रामीण भित्री सडक जीर्ण बन्दै गएको छ भने बाटोभरी पानी चुहिने, अत्यधिक धुलो उड्ने तथा तीव्र गतिका कारण दुर्घटना उच्च जोखिम समेत बढेको आरोप छ ।

नगरपालिकाले ठेक्का लगाए पनि व्यवहारमा भने मापदण्डको पूर्ण रूपमा उल्लंघन भइरहेको आरोप स्थानीयले लगाए । चन्द्रपुर नगरपालिकाले “नदीजन्य पदार्थको बिक्री सम्बन्धी आय ठेक्का तथा ढुंगा, गिट्टी, बालुवा, रोडा उत्खनन” शीर्षकमा वडा नम्बर–३ र ४ अन्तर्गत चाँदी खोलामा उत्खनन् अनुमति दिएको थियो ।
२०८२ चैत ८ गते भएको सम्झौता अनुसार २०८३ जेठ मसान्त सम्म उत्खनन गर्न अनुमति दिइएको छ । सो ठेक्का सर्लाहीको बरहथवा स्थित एमआर कन्स्ट्रक्सनले १ करोड ६८ लाख ९९ हजार ६० रुपैयाँ (भ्याटसहित) मा लिएको देखिन्छ ।

नगरपालिकाको ठेक्का नम्बर एनसीबी–सीएम–२०८२–०८३–०३ अनुसार कम्पनीलाई ६८ हजार ९६७ घनमिटर मात्र नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने व्यवस्था गरिएको छ । तर स्थानीयवासीको दाबी अनुसार तोकिएको परिमाणभन्दा धेरै सामग्री निकालिसकिएको भएपनि दैनिक सयौ टिप ग्राभेल उत्खनन् गरिरहेको छ ।
गैडाटार तर्फ जाने बाटोमा पर्ने पुलको दुबै तर्फ उत्खनन कार्य अत्याधिक रुपमा भईरहेको भएपनि सम्बध निकाय चिर निन्द्रामा रहेको स्थानीय बासिन्दाहरु आक्रोश व्यक्त गरे ।
नगरपालिका तथा डिभिजन वन कार्यालयले स्थलगत अनुगमन गरेको छैनन । “गाउँको बीचबाट दिनहुँ ओभरलोड टिपर गुडिरहेका छन्, तर अनुगमन गर्ने कोही छैन,” सबै सेटिंगमै मस्त छन्, के को परिवर्तन पहिला भन्दा पनि धेरै अनियमितता भएपनि रोक्ने निकाय कुनैपनि नरहेको एक स्थानीयले गुनासो गरे ।
केही जनप्रतिनिधिको समेत ठेक्का प्रक्रियामा साझा लगानी रहेको आशंका व्यक्त गर्दै त्यसकै कारण अनियमित उत्खनन् रोक्न चासो नदिइएको आरोप छन् ।
सरोकारवालाहरू यसरी अनियन्त्रित रूपमा नदी दोहन गराईरहे चाँदी नदीको प्राकृतिक धार परिवर्तन हुने, बाढीको जोखिम बढ्ने तथा आसपासका बस्ती प्रभावित हुने खतरा बढेको छ । करोडौ लागतमा निर्माण गरिएको टेकान बसपार्क समेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ ।
टेकान, गैडाटार लगायत क्षेत्रका बासिन्दाले तत्काल स्थलगत अनुगमन, मापदण्ड कार्यान्वयन तथा अवैध उत्खनन् नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
यता, नदी उत्खनन् र ‘टिपर आतंक’ बारे व्यापक गुनासो उठिरहे पनि चन्द्रपुर नगरपालिका तथा सम्बन्धित नियमनकारी निकायबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्थानीय तथा वातावरणविद्हरूले समयमै नियन्त्रण नगरिए चाँदी नदी दोहनले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने चेतावनी दिए ।
स्मरणीय रहोस, विकास निर्माणको आडमा खोला माफियाहरु अहिले व्यापक रुपमा चाँदी, वागमती, बकैया नदीमा ठूल ठूला मेशिनहरु लगाएर खोलाजन्य वस्तुहरु झिकेर अबैध क्रशर उद्योग सहित विभिन्न स्थानहरुमा भण्डारण गर्ने कार्य जारी रहेका छन् । त्यती मात्रै नभई बाटोको क्षमता भन्दा टिपरमा बालुवा गिटी जस्ता सामानहरु लोड गरेर ओभर स्पिडमा गुडिरहदा स्थानीय बासिन्दाहरु टिपर आतंकबाट त्रसित बनेको छ । उक्त कार्यलाई समयमै नियमन गरिएन भने यसले भयाभय रुप लिने स्थानीयहरु बताउँछन् ।
स्थानीयको गुनासो

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।