रौतहट, ७ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा फरार रहेका १३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीद्धारा जारी प्रेस नोटमा, प्रहरीले विशेष अभियान अन्तर्गत खटिएको टोलीले अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेर रौतहट जिल्ला अदालत गौरमा बुझाए ।
पक्राउ परेका प्रतिवादी मध्ये चेक अनादर, लुटपाट, चोरी, गाली बेइज्जती तथा कुटपिट लगायत विभिन्न मुद्दाका अभियुक्तहरू रहेका छन् । पक्राउ परेकाबाट १६ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले बताए ।
त्यस्तै एक जना आर्थिक उपार्जन सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई ३ महिनाको कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको उनले जानकारी दिए ।
फरार अपराधी नियन्त्रण तथा फैसला कार्यान्वयन अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन