रौतहट, ७ जेठ । सनातन हिन्दु धर्मको संरक्षण र धार्मिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ गौरमा आयोजित आध्यात्मिक सत्संग तथा संगोष्ठी कार्यक्रममा धार्मिक वक्ता एवं “विश्व ब्राम्ह्ण भूषण” बाट सम्मानित धार्मिक वक्ता प्रेमचन्द्र झाले धर्म शास्त्रको अध्ययनलाई जीवनको अपरिहार्य आधार बनाएमा मात्रै सनातन धर्मको रक्षार्थ हुने छ ।
श्री रामलखन हरि साह गुरुकुल विद्यापीठ गौरद्वारा विहिवार गौर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै झाले धर्म, संस्कृति र संस्कारको संरक्षणका लागि युवापुस्ताले वैदिक शिक्षा तथा शास्त्र अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको हो । उनले नेपाल चाँडै हिन्दु राष्ट्रका रूपमा पुनःस्थापित हुने विश्वा ससमेत व्यक्त गरे ।
कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले दोसल्ला ओढाएर धार्मिक वक्ता झालाई सम्मान गरेका थिए । त्यसैगरी गुरुकुल विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष सीताराम दासले स्वागत अभिनन्दन गर्दै धार्मिक तथा सांस्कृतिक चेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
संगोष्ठीमा नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरी, ज्येष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा उल्लेख्य संख्यामा नगरवासीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले सनातन धर्मको संरक्षण, वैदिक शिक्षा, सामाजिक सद्भाव तथा नैतिक संस्कारको महत्वबारे चर्चा गरेका थिए । सहभागीहरूले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र नैतिक चेतना प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा गुरुकुलमा अध्ययन गर्ने बटुकहरुले स्वस्ती वाचन गरेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन