गौर आँखा अस्पतालद्वारा बृहद आँखा शिक्षाको अभियानः पाँच सय विद्यार्थीको आँखा जाँच, १ सय शिक्षकलाई विशेष तालिम

0 Shares

रौतहट, ८ जेठ । गौर आँखा अस्पतालको आँखा स्वास्थ्य शिक्षा इकाईद्वारा रौतहट र सर्लाहीका विभिन्न विद्यालयमा बृहत् आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न गरिएको छ ।
अस्पतालद्वारा शुक्रवार गरिएको कार्यक्रममा पाँच सय जना विद्यार्थीलाई निःशुल्क आँखा जाँच, उपचार, औषधि तथा चस्मा वितरण गरिनुका साथै एक सय जना शिक्षक–शिक्षिकालाई विशेष जनचेतनामूलक तालिम प्रदान गरिएको हो ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विशेष पहल, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालन भइरहेको विद्यालय आँखा स्वास्थ्य कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क आँखा जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाए ।
सोही अभियान अन्तर्गत आज जुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५०० विद्यार्थीको आँखा परीक्षण गरियो । परीक्षणका क्रममा ३७ जना विद्यार्थीमा दृष्टिदोष फेला परेको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । दृष्टिदोष देखिएका विद्यार्थीलाई थप उपचार सहित निःशुल्क औषधि तथा चस्मा उपलब्ध गराइने उनले भने ।
यसैगरी राजपुर नगरपालिका–२ स्थित अल फलाह पब्लिक स्कूल तथा सर्लाहीको बसबरिया गाउँपालिका स्थित त्रिभुवन माध्यमिक विद्यालय मानपुरमा आयोजित जनचेतनामूलक कार्यक्रममा करिब एक सय जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।
“अन्धोपन तथा बाल अन्धोपन न्यून गर्ने उद्देश्य सहित हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सञ्चालन गरिएको कार्यक्रममा विद्यालय उमेरका बालबालिकामा आँखा स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले शिक्षक शिक्षिकहरुलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरिएको संयोजक पाण्डेले बताए ।
कार्यक्रममा दृष्टि विशेषज्ञ मदन चौधरी, सत्येन्द्र पाण्डे, अताब आलम दर्जी तथा राजीव यादवद्वारा सहभागीहरुलाई प्रशिक्षण दिइएका थिए । अस्पतालबाट खटिएका अर्चना सिंह, हरिनारायण साह, गौरीशंकर राउत तथा परदुमन यादवले प्रशिक्षण कार्यमा सहयोग गरेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
गौर आँखा अस्पतालले विगत लामो समयदेखि यस्ता जनचेतनामूलक तथा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमको सहयोगमा गाउँ–गाउँ र घर–घर सम्म आँखा स्वास्थ्य सम्बन्धी चेतना फैलाउने लक्ष्य रहेको संयोजक पाण्डेले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।