रौतहट, ९ जेठ । आँखा स्वास्थ्य सेचतना कार्यक्रम अन्तर्गत सञ्चालित आँखा स्वास्थ्य शिक्षा इकाईले महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक–शिक्षिका तथा स्वास्थ्यकर्मी गरी झण्डै १ हजार जनालाई आँखा स्वास्थ्य सम्बन्धी विशेष तालिम प्रदान गरेको छ ।
नेपाल सरकार, सेवा फाउन्डेसन लगायत विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नाराका कार्यक्रम संचालन गरिएको हो ।
अन्धोपन तथा बाल अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले लामो समयदेखि सञ्चालन हुँदै आएको जनचेतनामूलक अभियान अन्तर्गत आज सर्लाहीको श्री त्रिभुवन माध्यमिक विद्यालय मा ३९ जना शिक्षक–शिक्षिकालाई विशेष प्रशिक्षण प्रदान गरिएको अस्पतालले जनाए ।
तालिम कार्यक्रममा अस्पतालका नेत्र अधिकृत बिनिता केशरी, अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डे, आँखा उपचार केन्द्र बरहथवाका इन्चार्ज राजीव यादव तथा सहयोगी प्रद्युम्न यादव प्रशिक्षकको रूपमा सहभागी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका संयोजक सत्येन्द्र पाण्डेले डिजिटल युगमा सञ्चार माध्यम र सामाजिक सञ्जालले जनचेतना अभिवृद्धिमा खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताए । उनले विभिन्न मिडियाहरुमा समाचार प्रसारणमा मात्रै सीमित नभई सामाजिक दायित्व निर्वाह गर्दै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अस्पतालका अनुसार यस प्रकारका कार्यक्रमले समुदायमा आँखा स्वास्थ्यप्रति चेतना बढाउनुका साथै विशेषगरी बाल अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन