रौतहट, ९ जेठ । रौतहटको गरुडा नगरपालिका–७ मा एक महिलामाथि छिमेकीले घरमै प्रवेश गरेर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएका छन् ।
श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका बेला ४० वर्षीया शर्मिला देवीमाथि भएको आक्रमणलाई स्थानीयले “मानवताविरुद्धको अपराध” भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
पीडित पक्षका अनुसार जेठ ७ गते राति करिब ८ बजे विदेशमा रहेका श्रीमानसँग फोनमा तितामिठा सम्बाद भइरहेका बेला छिमेकी रामविश्वास भनिने रामविकास यादव र उनका छोरा विश्वनाथ राय यादव घरमै प्रवेश गरेका थिए । उनीहरूले शर्मिलालाई लछारपछार गर्दै घरबाहिर निकालेर निर्घात कुटपिट गरेको आरोप छ ।
घटनाको भिडियो शर्मिलाका १२ वर्षीय छोरा निकेस यादवले मोबाइलमा कैद गरेका छन् । स्थानीयका अनुसार बाबुछोरा मदिरा सेवन गरेर पुरुष सदस्य नभएको घरमा प्रवेश गरी महिलामाथि आक्रमण गर्नु गम्भीर सामाजिक तथा कानुनी अपराध हो ।
घटनापछि प्रहरीले विश्वनाथ यादवलाई नियन्त्रणमा लिए पनि गएराति नै छाडिएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा को भूमिका माथि गम्भीर प्रश्न उठाए । “पीडकलाई तत्काल छाडिएपछि पीडित पक्ष झन् त्रसित बनेको” स्थानीयको भनाइ छ ।
निर्घात कुटपिटबाट घाइते भएकी शर्मिला देवीको गरुडास्थित वेटर अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भाग तथा संवेदनशील अंगमा चोटपटक र कुटपिटका डाम देखिएको पारिवारिक स्रोतले जनाए ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा इप्रका गरुडाका डिएसपी शंकर आचार्य सँग सम्पर्क हुन सकेनन् । घटना सार्वजनिक भएसँगै दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन