रौतहट, १३ जेठ । निकै लामो राजनीतिक खिचातान पश्चात कृष्णप्रसाद यादव नेतृत्व मधेश सरकारले पूर्णता पाउन सफल भएको छ ।
राजनीतिक छलफल र सत्ता साझेदार दलहरु बीचको सहमति पश्चात ५ जना नयाँ मन्त्रीको शपथ संग नेपाली काँग्रेसका यादव नेतृत्व सरकारले अन्ततः पूर्णता पाउन सफल भएको हो ।
मन्त्रिमण्डल विस्तार अन्तर्गत नेकपाबाट युवराज भट्टराई (समिर) लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।
नेपाली काँग्रेस रौतहट १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य नागेन्दै साह स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । यस्तै शारदा देवी थापा श्रम तथा यातायात, लखन दास युवा तथा समाज कल्याण तथा मनोज सिंहलाई शिक्षा, संस्कृति मन्त्रालयको जिम्मेवारी दिइयो ।
नवनियुक्त सबै मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रिमण्डल विस्तारसँगै मधेश प्रदेश सरकार अब पूर्ण आकारमा पुगेको छ ।
सत्ता गठबन्धन भित्र लामो समयदेखि चलिरहेको भागबन्डा विवाद समाधान भएपछि मधेश सरकार विस्तार सम्भव भएको छ ।
अर्थ मन्त्री युवराज भटराई र स्वास्थ्य मन्त्री नागेन्द्र साह सहित नवनियुक्त मन्त्रीहरुलाई तराई टपले बधाई दिदै सफल कार्यकालको शुभकामना छ । मधेशका जनताहरुको इच्छा तथा आकाँक्षा माथि खरो उत्रिन सकुन भने कामना गर्दछ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन