बेरुत । इजरायलले दक्षिणी तथा पूर्वी लेबनानमा सैन्य आक्रमण तीव्र बनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सशस्त्र समूह हिजबुल्लाह विरुद्ध सैन्य कारबाही अझ सशक्त बनाउने घोषणा गरे लगत्तै भएका भीषण हवाई हमलामा बालबालिका सहित कम्तीमा ३१ जनाको मृत्यु भएको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैयौँ बालबालिका समेत रहेका छन् । पछिल्लो आक्रमणलाई गत अप्रिलमा अमेरिकी मध्यस्थतामा भएको युद्धविराम पछिकै सबैभन्दा भीषण बमबारी मानिएको छ ।
इजरायली सेनाले भने आफूहरु हिजबुल्लाहका १०० भन्दा बढी सैन्य पूर्वाधार तथा लडाकुलाई निशाना बनाएको दाबी गरे । मंगलबार सुरक्षा मन्त्रि परिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहुले लेबनानमा सैन्य अभियान अझ व्यापक बनाइएको चेतावनी दिए ।
“इजरायली सेनाका ठूलो फौज सहित स्थल कारबाहीमा उत्रिएको छ र हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्र कब्जामा लिइरहेको जनाइएको छ,” नेतन्याहूले बताए । उनले उत्तरी इजरायलका नागरिकलाई हिजबुल्लाहको आक्रमणबाट जोगाउन सुरक्षा क्षेत्र मजबुत बनाइँदै गएको दाबी गरे ।
पछिल्लो तनावले युनाइटेड स्टेट, इजरायल र इरान बीच जारी युद्ध रोक्ने कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ । दक्षिणी लेबनानमा इजरायलले दैनिकजसो हवाई तथा तोप आक्रमण गरिरहेको छ भने हिजबुल्लाहले पनि उत्तरी इजरायल र दक्षिणी लेबनान स्थित इजरायली फौजमाथि रकेट तथा ड्रोन प्रहार जारी राखेको छ ।
मध्यपूर्वमा चर्किँदै गएको यो द्वन्द्वले क्षेत्रीय सुरक्षामाथि गम्भीर चिन्ता थपेको अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउँछन् ।
श्रोतः एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन