तस्वीरः पीटीआई
राजस्थान (भारत) । गृहमन्त्री अमित शाहले भारतको सीमा सुरक्षालाई थप मजबुत बनाउन ‘चतुर्भुज सुरक्षा ग्रिड’ अवधारणा अघि सारेका छन् ।
राजस्थानको विकानेर जिल्लास्थित साँचुमा रहेको बोर्डर सेकुरेटी फोर्स (बीएसएफ) चौकीमा जवानहरूलाई सम्बोधन गर्दै उनले सीमा सुरक्षा केवल सुरक्षा बलहरूको जिम्मेवारी नभई सेना, बीएसएफ, सीमावर्ती बासिन्दा र स्थानीय प्रशासनको साझा दायित्व भएको बताएका हुन् ।
शाहले चारै पक्षबीच प्रभावकारी समन्वय बिना पूर्ण रूपमा सुरक्षित सीमाको कल्पना गर्न नसकिने स्पष्ट पारे । “जबसम्म हामीले चतुर्भुज सुरक्षा ढाँचा निर्माण गर्दैनौ, तबसम्म सुरक्षित सीमाको अवधारणा अधुरो रहन्छ,” उनले भने ।
उनले सीमा पारबाट हुने घुसपैठ, तस्करी तथा आन्तरिक अस्थिरता फैलाउने गतिविधि प्रति उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिए । विशेषगरी ड्रोन मार्फत हुने अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन र जिल्ला प्रहरी सँग प्रत्यक्ष समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
गृहमन्त्री शाहले सीमा सुरक्षासँगै सीमावर्ती गाउँहरूको विकासलाई पनि राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए । प्रधानमन्त्री नेरेन्द्र मोदी नेतृत्वको सरकारले सञ्चालन गरेको ‘भाइब्रेन्ट भिलेज’ कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्रमा सरकारी योजनाको शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
उनले सीमावर्ती क्षेत्रका विद्यार्थी र युवासँग बीएसएफ जवानहरूले नियमित अन्तरक्रिया गर्नुपर्ने उल्लेख गर्दै नयाँ पुस्तालाई राष्ट्रिय सुरक्षा र सीमाको महत्वबारे सचेत गराउनु पर्ने आवश्यक्ता महसुस गरे ।
शाहले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको राष्ट्रिय सुरक्षा संरचनामा व्यापक परिवर्तन आएको दाबी गर्दै बीएसएफ, सेना, नागरिक र स्थानीय प्रशासनबीचको सहकार्यले मात्र बलियो सुरक्षा प्रणाली निर्माण सम्भव हुने बताए ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन