रौतहट, १३ जेठ । नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालले स्वास्थ्य क्षेत्रमा सञ्चालन गर्दै आएको महाअभियानलाई निरन्तरता दिएको छ ।
बुधवार चौथो दिन थप ४९७ छात्रछत्राहरुको आँखाको परिक्षण गर्दा २७ जनामा दृष्टिदोष पाइएको हो । अहिले सम्म १९७५ जना विद्यार्थीहरुको आँखाको परिक्षण गर्दा १९५ जनामा दृष्टिदोष पाइएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत विद्यालयस्तरमै पुगेर बालबालिकाको आँखा परीक्षण महाअभियान जारी राखिएको गौर आँखा अस्पताल श्रोतले जानकारी दिएको हो ।
सेवा फाउन्डेसनको आर्थिक सहयोग तथा गौर नगरपालिका को विशेष पहलमा गौर स्थित श्री जुद्ध माध्यमिक विद्यालयमा आज चौथो दिन पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
अस्पतालका अनुसार विद्यालयमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थीमध्ये हालसम्म १,९७५ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा १९५ जना विद्यार्थीमा दृष्टिदोष भेटिएको तथा चश्मा आवश्यक पर्ने देखिएको जनाइएको छ ।
दृष्टिदोष तथा मोतियाबिन्दु समस्या भएका विद्यार्थी र बिरामीलाई थप उपचारका लागि आगामी शनिबार गौर आँखा अस्पतालमा बोलाइएको छ । सोही दिन आवश्यक बिरामीलाई निःशुल्क चश्मा वितरण गरिने आयोजकले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन