रौतहट, १३ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्का नजिक बुधबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, आनज बिहान ११ः२० बजेको समयमा लाहानबाट नारायणघाटतर्फ जादै गरेका ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ नयाँबस्ती टोलका २६ बर्षीय शेख गुलामलाई उपचारका लागि चन्द्रनिगहपुर स्थित सरकारी अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाए ।
प्रहरीले बसका चालक मकवानपुर गढी गाउँपालिका–३ का ५९ बर्षीय लक्ष्मी भक्त ओझालाई इप्रका चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी सीताराम रिजालले बताए ।
मृतक युवक गुलामको शव चन्द्रनिगाहपुर सरकारी अस्पतालको शवगृहमा राखिएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन