रौतहट, १३ जेठ । दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा गाउँमा स्थानीय सरकारले निर्माण गरेको सडक तथा नाला व्यवस्थापनको कमजोरीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
सामान्य वर्षापछि नै सडकमा पानी जमेपछि स्थानीयवासीले विकासको नाममा गरिएको कामप्रति तीव्र असन्तुष्टि जनाएको हो ।
स्थानीयबासीले तराई टप अनलाईन लाई उपलब्ध गराएको तस्वीरमा सडकभन्दा नाला माथि रहेको स्पष्ट देखिन्छ । पानी निकासको उचित व्यवस्था नहुँदा गएराति परेको सामान्य वर्षापछि सडकभरी पानी जमेको दृष्य देखिन सकिन्छ ।
सडकमा जमेको पानी र फोहरका कारण पैदलयात्रु तथा सवारीसाधन आवतजावत गर्नसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार योजना निर्माण गर्दा प्राविधिक मापदण्डको बेवास्ता गरिएको कारण वर्षा हुनासाथ सडक हिलाम्मे र जलमग्न बन्ने समस्या दोहोरिएको हो । “विकासको नाममा बनाइएको सडकले सुविधा दिनुको सट्टा दुःख दिएको छ,” एक स्थानीयले आक्रोश पोख्दै भने ।
सडकमा जमेको फोहरयुक्त पानीका कारण वातावरणीय प्रदूषणसँगै स्वास्थ्य जोखिम समेत बढ्ने चिन्ता स्थानीयले व्यक्त गरे । स्थानीयवासीले तत्काल पानी निकासको उचित व्यवस्था गरी समस्या समाधान गर्न गाउँपालिकासँग माग गरेका छन् ।
स्थानीय सरकारको लाखौं लाखकों लगानीमा भएका विकास योजनाहरुको प्रभावकारी अनुगमन र गुणस्तरीय कार्यान्वयन अभावमा नागरिकका लागि समस्याको कारण बन्दै गएको भन्दै गंगापिपराका बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन