रौतहट, १४ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका मानसिक सन्तुलन ठीक नभएका दुई पुरुषलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर मानव सेवा आश्रममा सुरक्षित रुपमा जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विहिवार बिहान करिब ९ बजेको समयमा चन्द्रपुर नगरपालिका–६ स्थित चपुर–गौर सडकखण्डको देराली चौक नजिकबाट अन्दाजी २२ वर्षीय एक पुरुष तथा चन्द्रपुर नगरपालिका–१ पौराई नजिकबाट अन्दाजी ५० वर्षीय अर्का पुरुषलाई फेला परेपछि दुबैको उद्धार गरेर मानव सेवा आश्रममा जिल्ला लगाइएको हो ।
हालसम्म दुवै जनाको नाम, थर तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । मानसिक अवस्था असामान्य देखिएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रुपा लाबुङको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई उद्धार गरिएको जनाइएको छ ।
उद्धारपछि दुवै जनालाई चन्द्रपुर नगरपालिका–७ बनबहुअरी स्थित मानव सेवा आश्रममा संरक्षणका लागि बुझाइएको छ । प्रहरीले उनीहरूको परिवार तथा आफन्तको खोजी कार्य समेत अघि बढाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन