जनकपुरधाम, १४ जेठ । गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गरे ।
शुभकामना सन्देश जारी गर्दै मन्त्री महतोले ईद–उल–अजहा त्याग, बलिदान, आस्था तथा अल्लाह प्रतिको समर्पणका प्रतीक पर्व भएको उल्लेख गरेका हुन् । उनले यस पर्वले मानवता, करुणा, सहिष्णुता र परोपकारको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री महतोले मधेश प्रदेश सरकार विविध, धर्म, संस्कृति तथा समुदाय बीचको सहअस्तित्व र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक एकतालाई अझ मजबुत बनाउन यस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहने गरेको बताए ।
उनले ईद–उल–अजहाको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि तथा आपसी भाइचाराको कामना गर्दै पर्वले समाजमा प्रेम, सद्भाव र एकताको सन्देश फैलाओस् भन्ने शुभेच्छा व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन