वीरगञ्ज, १५ जेठ । किर्ते नागरिकता प्रकरणमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएको खवर मिडिया मार्फत सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंह फरार भएर भारत छिरेका छन् ।
महानगरप्रमुख सिंह छदा सम्म केही नगर्ने तर उनी फरार भएपछि टास्क फोर्स गठन गरेर पक्राउ गर्न अभियान चलाउने कार्यमा गज्जबको सेटिङ रहेको हुँदा अहिले राजनीतिक वृति तरंगित बन्न पुगेका हुन् ।
पर्सा जिल्ला अदालतले जेठ ८ गते नै पक्राउ पुर्जी जारी गरेर जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सालाई पठाएपनि सेटिङकै बलमा उक्त पुर्जी वारे १२ गते मिडियामा आएपछि महानगर प्रमुख सिंह फरार भएर भारत तर्फ छिरेर सुरक्षित सेल्टरमा बस्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउका लागि विशेष टास्क टोली परिचालन गरेलगत्तै प्रमुख सिंह भारतीय सीमावर्ती क्षेत्रमा पुगेको र निगरानी छल्न योगीको भेष धारण गरेको दाबी गरिएको हो ।
जेठ १३ गते बुधबार बिहानै फिल्मी शैलीमा जिल्ला अदालत पर्सा पुगेका प्रमुख सिंह केही समयमै रहस्यमय ढंगले सम्पर्क विहीन बनेका थिए । अदालतमा स्वयं उपस्थित भएका उनलाई सार्वजनिक बिदाका कारण थुनामा बस्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिइएपछि उनले दिएको निवेदन बदर गरिएको चर्चा चुलिएको छ ।
प्रहरी स्रोतका अनुसार अदालतमा प्रमुख सिंह उपस्थित भएको सूचना पाएपछि पक्राउका लागि विशेष टोली तत्काल अदालत पुगेको थियो । तर टोली पुग्नुअघि नै अदालतका एक कर्मचारीले उनलाई तत्काल बाहिरिन सुझाएको र त्यसपछि उनी सीमावर्ती भारतीय सहर रक्सौल हुँदै सिवान स्थित गयासपुर पुगेको दाबी गरिएको छ ।
यसबीच सिवानमा योगीको भेषमा एक कार्यक्रममा सहभागी भएको भनिएको तस्वीर सार्वजनिक भएपछि घटनाले थप रहस्य र विवाद निम्त्याएको छ । प्रमुख सिंह समय–समयमा आफ्ना आध्यात्मिक गुरुको सिवानस्थित साहेब दरबार पुग्ने गरेको चर्चा पनि बाहिरिएको छ ।
पर्सा जिल्ला अदालतले मंगलबार प्रमुख सिंहसहित चार जनाविरुद्ध नक्कली जन्मदर्ता तथा किर्ते नागरिकता सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
उनी माथि रीता भट्टराईकी छोरी रुबिना श्रेष्ठलाई आफ्नै छोरी देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप छ । यद्यपि सिंहले रीता भट्टराई आफ्नी दोस्रो पत्नी भएको दाबी गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले अदालतबाट पक्राउ अनुमति जारी भएपछि मेयर सिंहको सक्रिय खोजी भइरहेको बताए । प्रहरीका अनुसार सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाइनुका साथै भारतीय प्रहरीसँग समेत समन्वय गरेर खोजी कार्य तीव्र पारिएको छ ।
अभियोग कसले लगाएको हो ?
उजुरीकर्ता लियाकत अलीले अदालत, प्रहरी प्रशासन र राज्य संयन्त्र माथिको भरोसा कमजोर बन्दै गएको गुनासो गरे । २०८० माघमा वीरगन्ज–३ का लियाकत अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीका आधारमा सरकारी कागजात तथा नागरिकता किर्ते सम्बन्धी चारवटा मुद्दा दर्ता भएका थिए ।
गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तीन वर्षदेखि यस प्रकरण माथि छानबिन गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन