सर्लाही, १५ जेठ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पताल पुरेनवाद्वारा सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया महाअभियान अन्तर्गत सर्लाहीको हरिवनमा दोस्रो दिन पनि ३७ जना बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
पहिलो र दोस्रो दिन गरेर ७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको हो ।
महाअभियान अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र, हरिवनमा मोतियाबिन्दु तथा अन्य आँखा सम्बन्धी समस्याबाट पीडित १३६ जना बिरामी छनोट भएका थिए । तीमध्ये पहिलो दिन ३७ र दोस्रो दिन थप ३७ जना गरी जम्मा ७४ जनाको सफल शल्यक्रिया पश्चात नयाँ दृष्टि पाएको बताइएको छ ।
शल्यक्रिया टोलीको नेतृत्व गौर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सुरेन्द्र मिश्रले गरे । उक्त टोलीमा शल्यक्रिया इकाई इन्चार्ज निलम पटेल, उषा चौधरी, राम अयोध्या यादव, सुशील पासवान, गौरीशंकर राउत, कृष्ण राउत, अनिल राउत, आँखा उपचार केन्द्र हरिवनका इन्चार्ज राजु राय यादव, किशोर कुमार पौडेल, अमित कुमार चौरसिया, दिलिप कुमार साह, सम्झना श्रेष्ठ, बिन्दा थापा, बोम बहादुर घिसिङ, विनिता कार्की, प्रमिला माझी, लक्ष्मण रायमाझी तथा दिलिप साह सहित २० जना प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उक्त कार्यक्रम हरिवन नगरपालिका र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र हरिवनको संयुक्त आयोजना तथा रुइत फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । स्थानीय आयोजक हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकी तथा आँखा उपचार केन्द्र हरिवनका संयोजक लक्ष्मण रायमाझीको विशेष पहल र सहकार्यमा शिविर प्रभावकारी रूपमा सञ्चालन कार्यक्रम संयोजक पाण्डेले भने ।
नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालन हुँदै आएका यस्ता सेवामूलक स्वास्थ्य कार्यक्रम गाउँ–गाउँसम्म पुग्दा उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकहरूले आफ्नै स्थानमा सहज रूपमा सेवा पाउन थालेका छन् ।
यस महाअभियान मार्फत पुनः दृष्टि प्राप्त गरेपछि स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग गर्ने सम्पूर्ण दातृ निकाय र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन