रौतहट, १६ जेठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारद्वारा ल्याएको बजेटमा केही सकारात्मक पक्ष भए पनि न्यून आय भएका नागरिक प्रति गम्भीर उदासीनता देखिएको आरोप लगाए ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशन उदघाटन गर्दै सभापति थापाले सरकार गरिबी अन्त्यको नारा दिए पनि व्यवहारमा गरीब नागरिक माथि नै विभेद गर्न खोजिरहेको आरोप लगाएका हुन् ।
उनले “गरिबी” र “गरीब” फरक विषय भएको उल्लेख गर्दै सरकारले त्यसको सही बुझाइ विकास गर्न नसकेको धारणा राखे । बजेटमा संरचनागत सुधारका लागि समेटिएका केही सकारात्मक कार्यक्रमहरूको स्वागत गर्दै ती कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सभापति थापाले प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारलाई खबरदारी गर्ने र जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए । त्यसका लागि कांग्रेस कार्यकर्ताले निर्वाचनमा हारिएको मानसिकताबाट बाहिर निस्कनु पर्ने उनको कथन थियो ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कम्तीमा १०० वटा पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू पार्टीको नेतृत्व विकास एकेडेमीमा सहभागी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने व्यवस्था गरिने समेत स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन