आरसीबीको ऐतिहासिक जितपछि विराट कोहलीको ठूलो बयानः ‘विश्वस्तरीय बलिङ र सन्तुलित टोलीले बनायो च्याम्पियन’

0 Shares

अहमदावाद (भारत), १८ जेठ । लगातार दोस्रो पटक आईपीएल उपाधि जितेपछि रोयल च्यालेन्जर्स बेंगलुरुका स्टार ब्याट्सम्यान विराट कोहलीले वर्तमान टोलीलाई आफ्नो करियरकै सबैभन्दा सन्तुलित र बलियो टिमको संज्ञा दिएका छन् ।
गुजरात टाइटन्स विरुद्धको फाइनलमा अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई ५ विकेटको जित दिलाएका कोहलीले अब हरेक खेलमा आफू एक्लैले जिम्मेवारी बोक्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
फाइनलपछि बोल्दै उनले भने, “धेरै वर्षसम्म प्रतीक्षा गर्नुपर्याे, तर अहिले यस्तो टोली बनेको छ जहाँ हरेक पटक म नै अगाडि बढ्नुपर्छ भन्ने छैन । टोलीमा यस्ता खेलाडी छन्, जसले कुनै पनि बेला खेल जिताउन सक्छन् ।”
कोहलीले यस सिजन आरसीबीको सफलताको मुख्य आधार बलिङ आक्रमणलाई माने । उनले जस हेजलउड, भुवनेश्वर कुमार, जैकव डफी तथा कुणाल पाण्डयालाई प्रशंसा गर्दै उनीहरू विश्वस्तरीय प्रदर्शनकर्ता भएको बताए ।
उनले भने, “हामीसँग सन्तुलन छ, बल छ र सबै विभागमा योगदान दिने खेलाडी छन् । यही कारण मैदानमा हाम्रो आत्मविश्वास फरक स्तरको छ ।”
गत वर्षको तुलनामा यस वर्षको फाइनलमा दबाब कम महसुस भएको बताउँदै कोहलीले टोलीको सामूहिक क्षमतामाथि पूर्ण विश्वास रहेको बताए । उनका अनुसार लिग चरणमा शीर्ष स्थान हासिल गर्नु संयोग नभई निरन्तर उत्कृष्ट प्रदर्शनको परिणाम थियो ।
कोहलीले आरसीबीले प्रतियोगिता भरी ‘क्लिनिकल क्रिकेट’ खेलेको उल्लेख गर्दै टोलीको परिपक्वता, संयम र योजनाको सफल कार्यान्वयन नै उपाधि यात्राको आधार बनेको बताए । सिजनको बीचमा आएको छोटो विश्रामपछि टोली केही दबाबमा परेको स्वीकार गर्दै उनले ःमुम्बई इन्डीयन्स विरुद्धको महत्वपूर्ण जितले टोलीमा पुनः आत्मविश्वास फर्काएको बताए ।
त्यसपछि कोलकत्ता नाइट राइडर्स विरुद्धको फराकिलो जितसँगै टोलीले शीर्ष स्थान सुरक्षित गर्दै फाइनल सम्मको यात्रा तय गरेको उनको भनाइ थियो ।
१८ वर्षको आईपीएल इतिहासमा पहिलो उपाधि जितेको एक वर्षपछि आरसीबीले लगातार दोस्रो पटक ट्रफी उचाल्दै आफूलाई प्रतियोगिताको नयाँ शक्तिका रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।