रौतहट, १८ जेठ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालमा यस वर्षकै सबैभन्दा बढी बिरामीले आज सोमवार सेवा लिएका छन् ।
अस्पतालका प्रशासक नागेश्वर प्रसाद चौधरी का अनुसार आज मात्रै करिब ८०० जना बिरामीले आँखाको परीक्षण तथा उपचार सेवा लिएका हुन् ।
अस्पताल साताको सातै दिन सेवा सञ्चालन हुँदै आएको छ भने शनिबार बाहेक अन्य दिन नियमित शल्यक्रिया सेवा उपलब्ध छ । आकस्मिक (इमर्जेन्सी) सेवा भने २४ सै घण्टा सञ्चालनमा रहेको अस्पतालले जनाए ।
अस्पताल प्रशासक चौधरीले भारतबाट आउने बिरामीहरूलाई अस्पताल सम्म आउन–जान कुनै समस्या नरहेको जानकारी दिँदै भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कुनै प्रकारको अवरोध नरहेको स्पष्ट पारे ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका हजारौं नागरिकको भरोसाको केन्द्र बन्दै गएको गौर आँखा अस्पतालले सुलभ, गुणस्तरीय तथा प्रभावकारी आँखा उपचार सेवा प्रदान गर्दै अन्धोपन न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाइरहेको छ ।
बढ्दो बिरामी चापले अस्पतालप्रति जनविश्वास निरन्तर बढिरहेको संकेत गरेको छ भने सीमावर्ती क्षेत्रका नागरिकका लागि यो अस्पताल महत्वपूर्ण स्वास्थ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिएको छ ।

त्यसै हुनाले नेपाल भारत दुबै देशका नागरिकको विश्वास जित्न सफल गौर आँखा अस्पतालबाट प्रवाह भईरहेको सेवा, सुविधा, एवं शल्यक्रिया जस्ता कार्यबाट विरामीहरु पूर्ण रुपमा सन्तुष्ट भएकै परिणाम आज यस बर्षको सबै भन्दा बढि विरामीहरु अस्पतालमा आएर सेवा लिएकोमा अस्पताल प्रशासक चौधरीले बताए । हामी यहाँ प्रभावकारी एवं गुणस्तरिय सेवा प्रवाह गर्न हरेक किसिकमा भौतिक पूर्वाधार देखि लिएर अन्य उपकरणको व्यवस्थापनमा जोड दिएका कारण आज यो अवस्थामा गौर आँखा अस्पताल पुगेकोमा खुशी व्यक्त गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन