नयाँ दिल्ली, १९ जेठ । भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा भारतको पाँच दिने भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नयाँ दिल्लीमा भव्य रुपमा स्वागत गरिएका छन् ।
अध्यक्ष लामिछानेले भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ताको साथै सरकारमा सहभागी मन्त्रीहरु संग सम्बाद जारी रहेका हुन् ।
मंगलबार नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा पुगेर सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरे । भेटका क्रममा नेपाल र भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान, दलगत सहकार्य तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
भेटवार्ताका क्रममा सभापति लामिछानेले भाजपा मुख्यालयको अवलोकन गर्नुका साथै अन्य वरिष्ठ भाजपा नेताहरूसँग पनि छुट्टाछुट्टै संवाद गर्नुभएको थियो । भारतीय राजनीतिक दलहरूको संगठनात्मक संरचना, कार्यशैली र जनसम्पर्क प्रणालीबारे समेत जानकारी आदानप्रदान भएको बताइएको छ ।
भाजपा कार्यालय पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल लाई पार्टीका पदाधिकारीहरूले भव्य स्वागत गरेका थिए । भ्रमणलाई नेपाल–भारतबीचको राजनीतिक सम्बन्ध, लोकतान्त्रिक अभ्यास र दलगत अनुभव आदान प्रदानका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
रास्वपाले यस भ्रमणलाई अन्तरदलीय सम्बन्ध विस्तार, लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्र्धन तथा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको जनाए । राजनीतिक वृत्तमा भने लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र समकालीन राजनीतिक संवादको सन्दर्भमा चासोका साथ हेरिएको छ ।
यसैगरी आजै उनले विदेशमन्त्री एस जयशंकर संग समेत भेटवार्ता गरेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन