0
Shares
रौतहट, २० जेठ । रौतहटको बौधीमाई नगरपालिका–५ कोप्वामा आफ्नै बरफ फ्याक्ट्रीमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
स्थानीय धरमलाल प्रसाद जयसवालका ३५ बर्षीय छोरा मनोहर प्रसाद जयसवालको बुधवार अपरान्ह् साढे ४ बजेको समयमा विद्युत तार जोड्ने क्रममा करेन्ट लगेका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल घोडहीमाई अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइयो । तर साँझ ६ः२० बजेको समयमा अस्पतालमा गरिएको ईसीजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन