विश्व साइकल दिवसको उपलक्ष्यमा भारतीय महा वाणिज्यदूतावासद्वारा वीरगन्जमा भव्य साइकल रयाली

0 Shares

वीरगन्ज, २० जेठ । विश्व साइकल दिवसको अवसरमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले वीरगन्ज साइकल क्लबको सहकार्यमा बुधबार भव्य साइकल रयाली आयोजना गरेर मनाएका छन् ।
स्वस्थ जीवन शैली, वातावरण संरक्षण तथा दिगो यातायातको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित रयालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएका हुन् ।
महावाणिज्यदूत देवी सहाय मिनाले महावाणिज्य दूतावास परिसरबाट झण्डा देखाएर रयालीको शुभारम्भ गरे । रयाली घण्टाघर, माइस्थान, आदर्शनगर, छप्पकिया हुँदै भारत–नेपाल सीमानाका स्थित शंकराचार्य गेट सम्म पुगेर पुनः महावाणिज्य दूतावासमा आएर सम्पन्न भएको दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
रयालीमा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य महासंघका सदस्य, Nepalese Young Entrepreneurs’ Forum (वीरगन्ज च्याप्टर), वीरगन्ज साइकल क्लब, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी तथा महावाणिज्य दूतावासका अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै महावाणिज्यदूत मीनाले साइकल चलाउने संस्कृतिले स्वास्थ्य र तन्दुरुस्ती प्रवद्र्धन गर्नुका साथै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले साइकललाई सस्तो, वातावरण मैत्री र दिगो यातायातको माध्यमका रूपमा अपनाउनु पर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सहभागीहरूले छोटो दूरीको यात्रामा साइकल प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै स्वच्छ वातावरण निर्माण र स्वस्थ जीवनशैली अपनाउन सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमले दिगो गतिशीलता, हरित वातावरण तथा भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।