रौतहटमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सम्पन्न, बाढी–उद्धारको ‘लाइभ डेमो’ मार्फत तयारी परीक्षण

0 Shares

रौतहट, २१ जेठ । आसन्न मनसुनलाई मध्यनजर गर्दै रौतहटमा बाढी तथा अन्य प्राकृतिक विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न सकिने क्षमताको परीक्षण स्वरूप मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास–२०८३ सफलतापूर्वक सम्पन्न गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति रौतहटको आयोजनामा राजदेवी नगरपालिका–१ पथरा स्थित माध्यमिक विद्यालयको ठूलो पोखरीमा आयोजित अभ्यास कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विभिन्न गैरसरकारी संघसंस्थाहरूको सक्रिय सहभागिता रहे ।
कार्यक्रममा बाढीका बेला फसेका नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार तथा राहत व्यवस्थापन लगायतका गतिविधिको प्रत्यक्ष प्रदर्शन (डेमो) गरिएका थिए ।
अभ्यासमा विपद्का समयमा उद्धारमा खटिने सुरक्षा निकायका टोलीहरूले आफ्नो समन्वय, दक्षता र तयारी प्रस्तुत गरे । सहभागीहरूले वास्तविक विपद्को अवस्था सिर्जना गरी उद्धार कार्यको नमूना अभ्यास गरेका थिए, जसले मनसुनको समयमा हुने सम्भावित जोखिम सामना गर्न सम्बन्धित निकायहरूलाई थप आत्मविश्वास प्रदान गरेको बताइएको छ ।
कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी राय यादवले बाढी तथा डुबानका घटनामा नागरिकको जीवन रक्षा गर्न सुरक्षा निकायहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए । उनले यस्ता अभ्यासले विपद्का बेला खटिने जनशक्तिमा मनोबल बढाउने र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक अनुभव प्रदान गर्ने उल्लेख गरे ।
समापन मन्तव्य दिदै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रौतहट मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला भएको उल्लेख गरे । यहाँका नागरिकले प्रत्येक वर्ष बाढी, डुबान र कटानको समस्या झेल्दै आएको बताए । जिल्लाभित्र बग्ने पाँच प्रमुख नदीका कारण हजारौं नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुने गरेको उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी भुसालले सीमावर्ती क्षेत्रमा निर्माण गरिएको करिब ५.१ किलोमिटर लामो भारतीय बाँधका कारण पनि सदरमुकाम गौर सहितका क्षेत्र थप जोखिममा परेको उल्लेख गर्दै यस्ता चुनौती बीच नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न पूर्वतयारी र अभ्यास अपरिहार्य रहेको बताए ।
उनले विपद् व्यवस्थापन अभियानलाई सफल बनाउन सहयोग पुर्याउने सुरक्षा निकाय तथा गैरसरकारी संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे ।
मनसुन सुरु हुनुअघि गरिएको यस अभ्यासले सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।