दुई साता देखिको तालाबन्दी अन्त्यः तलब भुक्तानी गर्ने सहमतिपछि कटहरिया नगरपालिका पुनः सञ्चालनमा

0 Shares

रौतहट, २१ जेठ । बक्यौता तलब भुक्तानीको माग गर्दै कर्मचारीहरूले गरेको तालाबन्दी अन्ततः सहमतिमा टुंगिएको छ ।
कर्मचारी र पालिका नेतृत्वबीच भएको छलफलपछि तलब भुक्तानी गर्ने सहमति जुटेसँगै रौतहटको कटहरिया नगरपालिका तथा अन्तर्गतका सबै वडा कार्यालयहरू पुनः सञ्चालनमा आएको हो ।
लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले पालिकाको ९ वटै वडा कार्यालय, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा मूल गेटमा तालाबन्दी गरेका थिए । सहमति भएपछि सबै कार्यालयको ताला खोलिएको छ ।
नगरप्रमुख अजय प्रकाश जयसवालका प्रतिनिधि तथा नगर कार्यपालिका सदस्य मनोज जयसवालका अनुसार कर्मचारीहरुका रोकिएको तलब यहि जेठ मसान्त भित्र भुक्तानी गर्ने सहमति भएको छ । साथै क्यान्सरबाट पीडित कर्मचारी श्रीराउत बरैलाई राहतस्वरूप तलबको ५० प्रतिशत रकम तत्काल नगद उपलब्ध गराउने निर्णय समेत भएको छ ।
“वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवाला बीचको विस्तृत छलफल पछि समस्या समाधान भएको हो । बैंक खाता सञ्चालनमा आएलगत्तै सबै कर्मचारीको तलब भुक्तानी गरिनेछ,” जयसवालले बताए ।
उनले समस्या समाधान बाह्य दबाब वा राजनीतिक हस्तक्षेपका कारण नभई पालिका भित्रकै आपसी समझदारी र सहमतिबाट सम्भव भएको दाबी गरे ।
वडा नम्वर ८ का अध्यक्ष समिश विक्रम साहले सर्वसम्मत निर्णय पछि तालाबन्दी खोलिएको जानकारी दिँदै यसपटक कर्मचारीहरूले निश्चित रूपमा आफ्नो तलब पाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी वडा नम्वर २ का अध्यक्ष हरिन्द्र साह कलवारले क्यान्सर पीडित कर्मचारीको उपचारमा सहयोग पुर्याउन विभिन्न जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित १ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खातामा जम्मा भइसकेको जानकारी दिए । तलब निकासा भएपछि उक्त रकम फिर्ता गर्ने समझदारी पनि भएको उनले बताए ।
तालाबन्दीका कारण प्रभावित बनेका दैनिक प्रशासनिक तथा सेवा प्रवाहका काम अब पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरियो । साथै तलब भुक्तानीमा ढिलाइ हुनुको वास्तविक कारणबारे आगामी कार्यपालिका बैठकमा गम्भीर समीक्षा गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।