सर्लाहीमा प्रहरी ज्यादतीका शिकार बने दास, प्रहरीको रामधुलाईबाट घाइते भएपछि राष्ट्रिय ट्रमा सेन्टर रिफर

0 Shares

सर्लाही, २१ जेठ । सर्लाहीको हरकठवा स्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको आरोप लागेको छ ।
धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दासलाई इलाका प्रहरी कार्यालयमा बोलाएर चरम यातना दिएपछि गम्भीर घाइते भएका पिडित ट्रमा सेन्टर रिफर भएको हो ।
प्राप्त जानकारी अनुसार दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आवश्यक सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो ।
पीडित फेकु दास हिजो बुधबार दिउँसो उनी श्रीमती सहित प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयमा आफूलाई एउटा कागजमा हस्ताक्षर गर्न भनिए पनि विद्यालयको सम्पूर्ण शुल्क पहिले नै तिरिसकेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालय भित्रको कोठामा लगेर बाँसको भाटा र बुटले निर्घात कुटपिट गरेको आरोप उनले लगाए ।
कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको बताइएको छ । उनको बरहथवास्थित हनुमन्त हस्पिटलमा प्रारम्भिक उपचार गरिएको थियो भने थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ ।
घटनाबारे प्रतिक्रिया दिँदै इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालय भित्रको एक कोठामा दास र प्रहरी जवान रामजीवन पासवान बीच विवाद भएको स्वीकार गरे । सोही क्रममा कुटपिटको घटना भएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार फेकु दासले मादक पदार्थ सेवन गरी प्रहरी माथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको प्रारम्भिक विवरण आएको छ ।
एसपी पौडेलले घटनामा संलग्न प्रहरी जवान रामजीवन पासवानलाई तत्काल इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको जानकारी दिँदै घटनाको निष्पक्ष छानबिन भइरहेको बताए ।
स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । प्रहरी हिरासत वा कार्यालय भित्रै नागरिकमाथि भएको कुटपिट घटनाले सुरक्षा निकायको आचरण र जिम्मेवारी माथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।