0
Shares
सर्लाही, २१ जेठ । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्रेक्टरको ठक्करबाट विद्यालयबाट घर फर्किरहेकी ५ बर्षीया बालिकाको मृत्यु भएको छ ।
विहिवार १२.३० बजेको समयमा आधारभुत विद्यालय मिर्जापुरबाट घर फर्किदै गरेका अर्जुन साहको ५ बर्षीया छोरी अंकिता कुमारीलाई सिमेन्ट रड लोड भएका ना. ४ त. ८८३४ नम्वरको ट्रेक्टरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
ट्रेक्टर चालक कृष्णा साहलाई इलाका प्रहरी कार्यालय बलराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चालक पनि स्थानीय रहेको बुझिएको छ । मृतक बालिकाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी श्रोतले बतए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन