वीरगञ्ज, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा कागजातका आधारमा आफ्नी छोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेयर सिंहले कानुनी प्रक्रिया र आवश्यक प्रमाणको बेवास्ता गर्दै झुटा विवरण पेश गरी छोरीलाई नागरिकता दिलाउन भूमिका खेलेको आरोप लागेको हो ।
सोही प्रकरणमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर भएको छ ।
यसैगरी नागरिकता प्राप्तिको प्रक्रिया र कागजातबारे छानबिन गर्न गठित समितिका संयोजक तथा तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत परशुराम पोखरेललाई समेत प्रतिवादी बनाइएको अख्तियार श्रोतबाट बुझिएको छ ।
अख्तियारको अनुसन्धानले नागरिकता जारी गर्ने क्रममा झुटा विवरण तथा कागजातको प्रयोग भएको निष्कर्ष निकाले पछि सम्बन्धित व्यक्ति तथा प्रक्रियामा संलग्न कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
मेयर सिंह यसअघि नै उक्त प्रकरणमा नाटकिय रुपमा पक्राउ परेका थिए । गत साता अदालतमा उपस्थित गराइएर उनी धरौटीमा रिहा भएको थियो । उनी भ्रष्टाचारको आरोपमा मुद्दा खेप्ने वीरगञ्ज महानगरपालिकाका पहिलो निर्वाचित मेयर बनेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामाथि अब विशेष अदालतमा सुनुवाइ हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन