रौतहट, २६ जेठ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाद्वारा संचालित महाअभियान कार्यक्रम अन्तर्गत विद्यालय तथा समुदाय केन्द्रित आँखा स्वास्थ्य कार्यक्रमलाई तीव्रता दिइएको छ ।
महाअभियान अन्तर्गत सेवा फाउण्डेसनको सहयोगमा गौर–३ स्थित अशोकम इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकालाई लक्षित गरी आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सहित वृहत् आँखा शिविर सम्पन्न गरिएको हो ।
शिविरमा २८५ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरियो । परीक्षणका क्रममा १३ जना बालबालिकामा दृष्टिदोष फेला परेको अस्पतालले जनाए । ती बालबालिकालाई आगामी शनिबार थप परीक्षण गरी सोही दिन निःशुल्क चश्मा वितरण गरिनेछ ।
शिविरमा सहभागी सबै विद्यार्थीलाई निःशुल्क आँखा जाँच तथा आवश्यक औषधि वितरण गरिएको हो ।
यसैबीच, ज्येष्ठ नागरिकलाई लक्षित गर्दै भोली जेठ २७ गते ईशनाथ नगरपालिकाको औरैया स्थित पुरानो नगरपालिका भवनमा विशेष आँखा शिविर आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ ।
गौर–३ स्थित माण्डवीको विशेष पहल तथा सहयोगमा सञ्चालन हुने शिविरबाट स्थानीय ज्येष्ठ नागरिक तथा सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श, निःशुल्क औषधि वितरण तथा मोतियाविन्दु फेला परेका महिला एवं पुरुषलाई लेन्ससहितको शल्यक्रिया गरिने छ ।
आयोजकले त्यस क्षेत्रका सम्पूर्ण ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई शिविरमा सहभागी भई उपलब्ध सेवाको लाभ लिन आग्रह उनले गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन