तिब्बत चिनको आन्तरिक मामिला होइन, तिब्बती नेताको भनाईबाट चिनियाँ दुतावासलाई झट्का

396 Shares

एजेन्सी
नयाँ दिल्ली, २१ पुस । भारतमा निर्वासित भएर बसिरहेका तिब्बतहरुको कार्यक्रममा भारतीय नेताहरुको उपस्थिति लाई लिएर चिनियाँ दुतावासले चिन्ता व्यक्त गरेको छ ।
चिनियाँ दूतावासले भारतीय सांसदहरूलाई पठाएको पत्रको विषयमा बहस सरु भएको छ । भारत स्थित चिनियाँ दूतावासले तिब्बतको कार्यक्रममा भारतीय नेताहरूको उपस्थितिप्रति चिन्ता व्यक्त गरेको हो । चिनियाँ कूटनीतिज्ञले धेरै नेताहरूलाई पत्र पनि पठाएका छन् । चिनले तिब्बत सँग सम्बन्धित कार्यक्रमबाट टाढै बस्न भनेर पत्रमा उल्लेख गरेको छ । चिनियाँ दूतावासले पठाएको पत्र माथि तिब्बतको निर्वासित सरकारले यस विषयमा चीनको कडा आलोचना गरेको छ ।
तिब्बतलाई चीनको हिस्सा भएको दाबी गर्ने अकल्पनीय बताउदै तिब्बतका निर्वासित सरकारका प्रवक्ता तेन्जिनले तिब्बत प्राचीनकाल देखि नै चीनको अविभाज्य हिस्सा रहेको चीनको दाबी काल्पनिक र आधारहीन भएको बताए । सन् १९४९ मा जनवादी गणतन्त्रको स्थापना हुँदा तिब्बतलाई चीनले जबर्जस्ती कब्जा गरेको हो । उनले केन्द्रीय तिब्बत प्रशासनलाई चीनले पृथकतावादी राजनीतिक समूहको रूपमा बोलाउँदा चीन–तिब्बत द्वन्द्व समाधान गर्न मद्दत नहुने बताए । यो स्पष्ट छ कि मध्यमार्ग नीति पृथकीकरणको बारेमा होइन, तर चिनियाँ संविधानको ढाँचा भित्र वास्तविक स्वायत्तताको बारेमा हो ।
तिब्बत मुद्दा चीनको आन्तरिक मुद्दा होइन
तेन्जिनले तिब्बत मुद्दा चीनको आन्तरिक मामिला नभएको भन्दै चिनियाँ सरकारको आलोचना गरेका छन् । तिब्बतमा के भइरहेको छ, त्यो विश्वभरका सबै जनताका लागि गम्भीर चिन्ताको विषय हो । उनले तिब्बत र तिब्बती जनताको हितमा चीन गम्भीर छ भने चीन–तिब्बत द्वन्द्व वार्ताबाट समाधान गर्ने प्रयास गर्नुपर्ने बताए । समस्यालाई सकारात्मक ढंगले हल गर्ने बेला आएको छ । अब चीनले दादागिरी बाट समाधान गर्न खोजे त्यसको कडा जवाफ पाउने बताउदै तिब्बतले चेतावनी दिएको छ ।
भारतको तिब्बत नीति
तिब्बत निर्वासनमा रहेका नेताहरूलाई सहयोग गर्ने भारतको निरन्तर नीति छ । कम्युनिष्ट शासन विरुद्धको असफल विद्रोह पछि करिब ६०,००० भन्दा बढी तिब्बतीहरू आफ्ना आध्यात्मिक नेता दलाई लामा सँगै ल्हासा छोडेर भारत आएका थिए । तिब्बती निर्वासन प्रशासन हिमाचल प्रदेशको धर्मशालामा अवस्थित छ जहाँ आध्यात्मिक नेताहरू पनि बस्छन् । करिब १.४ लाख तिब्बतीहरू अहिले निर्वासित जीवन बिताइरहेका छन्, जसमध्ये एक लाखभन्दा बढी भारतका विभिन्न भागमा रहेका छन् । चिनको भारतले किन मान्नु पर्ने जब उसले भारत सिमा बिवाद गर्दै आएर पटक पटक भारतीय सिमामा प्रवेश गरेर अन्तरराष्ट्रिय नियम कानुनको धज्जी उडाउने चिनलाई कडा जवाफ दिनुपर्ने समय आईसकेको तिब्बत निर्वासन प्रशासनले कडा प्रतिवाद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।