रौतहट, २८ जेठ । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोलको नेपाल–भारत सीमाक्षेत्र नजिक लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणको फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा हिजो बुधवार बेलुकी ७ः३० बजेको समयमा मस्जिद पछाडि सीमावर्ती बाटोको छेउमा त्रिपालले छोपेर राखिएको फर्सीको बीउ बरामद गर्न खोज्दा स्थानीयद्वारा अवरोध सृजना भएपछि अवस्था तनावग्रस्त बनेको थियो ।
सीमापार हुन लागेका उक्त सामानलाई नियन्त्रण तथा स्थानीयको अवरोधलाई साम्य पार्न जिल्ला प्रहरी कार्यालय सहित मातहतका युनिटहरुबाट ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएर करिव ९० लाख मूल्य बराबरको फर्सीको विउ नियन्त्रणमा लिएको जनाए ।
रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमको कमाण्डमा ५४ जना तथा सशस्त्रका डिएसपीको नेतृत्वमा २० जनाको टोली खटिएको थियो । स्थानीयले अवरोध गर्न नछाडेपछि सुरक्षाकर्मीले ६ राउण्ड अश्रुग्यास प्रहार गरे ।
उक्त घटनामा तीन जना स्थानीय घाइते भएको छ । बौधीमाई–७ का ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव र ४५ वर्षीय जयलाल ठाकुर हजाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी सुचनामा उल्लेख रहेको छ ।
उनीहरूमध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने जयलाल ठाकुरको बाँया खुट्टामा गम्भीर चोट लागेको हुँदा स्थानीय चन्द्रज्योति कान्ती अस्पताल बंकुलमा भइरहेको छ ।
झडपमा प्रहरी सहायक हवल्दार समझना चौधरी, प्रहरी बरिष्ठ हवल्दार गजेन्द्र यादव तथा प्रहरी सहायक हवल्दार देवराज महतो घाइते भएको तथा उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाए ।
प्रहरीले उक्त स्थानबाट ३२२ बोरा फर्सीको बीउ बरामद गर्न सफल भए । प्रति बोरा ४० केजीका दरले जम्मा १२ हजार ८८० केजी बीउ रहेको छ । बरामद बीउको अनुमानित मूल्य ९० लाख १६ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी बसन्त गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
स्मरण रहोस कि, गम्भीर घाइते जयलाल ठाकुर खाना खाएर घर बाहिर घुमिरहेको अवस्थामा उनको खुट्टामा गोली लागेको पिडितले दाबी गरे । प्रहरीले सर्वसाधरणलाई ताकेर अश्रुग्यास र गोली प्रहार गरेको गम्भीर आरोप छ । ठाकुर बौधीमाई नगरपालिकाको पूर्व कार्यपालिका सदस्य समेत रहेको बताइएको छ ।
प्रहरीले घनावस्तीमा यसरी अश्रुग्यास तथा गोली प्रहार गर्नु मानविय सम्बेदनहिनताको पराकाष्ठा नाघेको भन्दै प्रहरी प्रति आक्रोश व्यक्र गरे । प्रहरीले ६ राउण्ड चलाएको भनेपनि स्थानीयले दर्जनौ राउण्ड अश्रुग्यास र हवाई फायर गरिएको दाबी गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन