९० लाखको ’प्रहरी स्टन्ट’ ३० लाखको फर्सीको बीउलाई तेब्बर मूल्य कायम गरी वाहवाही कमाउने दाउ

0 Shares

रौतहट, २९ जेठ । आफ्नो कार्यसम्पादन उत्कृष्ट देखाउन प्रहरीले कसरी कागजी खेल खेल्छ भन्ने एउटा ज्वलन्त उदाहरण जिल्ला प्रहरी कार्यालय रौतहटको पछिल्लो कार्यशैलीले उजागर गरेको छ ।
बजार मूल्यभन्दा झन्डै तेब्बर बढीको मूल्याङ्कन गरेर मिडियाबाजी गर्ने र सस्तो लोकप्रियता कमाउने धुनमा रौतहट प्रहरी लागेको भन्दै अहिले चौतर्फी आलोचना सुरु भएको हो ।
घटनाको पृष्ठभूमि र प्रहरी परिचालन
गत बुधबार राति साढे ७ बजे रौतहटको बौधीमाई नगरपालिका–७, बडा बंकुलस्थित एक स्थानीयको घरको आँगनमा त्रिपालले छोपेर राखिएको फर्सीको बीउ नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयसहितको टोली पुगेको थियो ।
सो क्रममा प्रहरी र स्थानीयबीच केही समय अवरोध र तनावको स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुका साथै अश्रुग्यास (टियरग्यास) समेत प्रहार गरी उक्त बीउ आफ्नो नियन्त्रणमा लिए ।
बजार मूल्य भर्सेज प्रहरीको ’गुगल’ मूल्याङ्कन
प्रहरीले बरामद गरेको फर्सीको बीउ कुल १२ हजार ८ सय ८० किलो रहेको छ । हाल बजार मूल्य प्रतिकिलो करिब २४० रुपैयाँ छ, जसअनुसार कुल बरामद सामानको वास्तविक मूल्य ३० लाख ९१ हजार २ सय रुपैयाँ मात्र हुन आउँछ ।
तर, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालको कमाण्डले उक्त सामानको मूल्य ९० लाख १६ हजार रुपैयाँ (झन्डै तेब्बर बढी) मूल्याङ्कन गरी गौर भन्सार कार्यालयमा बुझाएको छ र सोही अनुसारको प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
मूल्याङ्कनको आधारः सिरहा प्रहरी र गुगल सर्च !
स्थानीय बजारको वास्तविक मूल्यलाई नजरअन्दाज गर्दै एसपी रिजालले छिमेकी जिल्ला सिरहाको नजिर र ’गुगल सर्च’ का आधारमा रेट एनालिसिस (मूल्य विश्लेषण) गरेर उक्त रकम कायम गरिएको स्वयम् स्वीकार गरेका छन् ।
डिआइजीको ’स्पष्टीकरण’ र प्रहरीको स्टन्टबाजी
प्रहरी वृत्तकै आन्तरिक स्रोतका अनुसार, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोविन्द थपलियाले हालै रौतहट र बाराका एसपीहरूलाई कार्यसम्पादनको विषयलाई लिएर स्पष्टीकरण सोधेका थिए । सोही स्पष्टीकरणको दबाबका बीच आफूलाई ’सफल’ देखाउन ३० लाखको सामानलाई ९० लाखको बनाएर “ठूलो माछा” समातेको देखाउने स्टन्टबाजी गरिएको दाबी स्रोतको छ ।
’नीति ठूलालाई चैन, सानालाई ऐन’ः स्थानीय व्यापारीको आक्रोश
यस घटनाले तराई–मधेशका साना व्यवसायीहरू थप मर्कामा परेको गुनासो बढेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार नेपालमा आपूर्ति कम हुने फर्सी, ओखर, तरबुजा, लसुन र स्याउ जस्ता सामग्री तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । राज्यलाई नियमसंगत कर तिर्दातिर्दै पनि साना व्यापारीका सामान नियन्त्रणमा लिएर दुःख दिने परिपाटीले सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय नै धराशायी बन्दै गएको उनीहरूको आरोप छ ।
व्यापारीहरू भन्छन्, “राज्यको अनुमतिमा ठूला व्यापारीले तेस्रो मुलुकबाट सामान ल्याउँदा छुट पाउने, तर साना व्यापारीले जेनतेन व्यवसाय गर्दा समातेर तेब्बर मूल्यको मुद्दा चलाउने परिपाटी अन्यायपूर्ण छ ।”
सम्बन्धित पक्षको प्रतिक्रिया (भनाइ)
एसपी सीताराम रिजाल (प्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहट)ः
“खुला सीमाका कारण हामीले पूर्ण रूपमा प्रतिबन्ध लगाउन नसके पनि आफ्नो स्रोत–साधनले भ्याएसम्म चोरी–पैठारी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ । सोही क्रममा यो फर्सीको बीउ नियन्त्रणमा लिइएको हो । मूल्य निर्धारणको हकमा सिरहा जिल्लाको सल्लाह र गुगलको ’रेट एनालिसिस’ का आधारमा उक्त रकम मूल्याङ्कन गरिएको उनले जवाफ दिए ।“
गौर भन्सार कार्यालय प्रमुख विकास कुमार रजकः
“प्रहरीले ९० लाख १६ हजार रुपैयाँ मूल्याङ्कन गरेर सामान दाखिला गरेको कुरा सत्य हो । तर, यो विषयमा अहिले नै अन्तिम निष्कर्षमा पुग्न सकिँदैन । यसबारे आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेकाले अहिले नै थप टिप्पणी गर्नु हतारो हुनेछ ।”
सस्तो लोकप्रियताका लागि सरकारी निकायले नै तथ्यलाई बङ्ग्याएर प्रस्तुत गर्दा एकातिर वास्तविक बजार खलबलिने डर हुन्छ भने अर्कोतिर सुरक्षा निकायको विश्वसनीयता माथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।