वीरगञ्ज, ३० जेठ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा मधेश देखि चितवन सम्म ७ स्थानमा विशेष योग कार्यक्रम; ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारा सहित जुन २१ मा विशेष योग कार्यक्रम संचालन हुने भएका छन् ।
भारतको महावाणिज्य दूतावास, वीरगञ्जले १२ औँ अन्तरराष्ट्रिय योग दिवस–२०२६ को अवसरमा पर्सा, चितवन, मकवानपुर र धनुषा सहित विभिन्न जिल्लामा विशेष योग कार्यक्रम आयोजना गर्ने भएका हुन् ।
यस वर्षको अन्तरराष्ट्रिय योग दिवस ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ जुन २१ मा मनाइने महावाणिज्य दूत देवी सहाय मिनाले बताए ।
शुक्रवार साँझ महावाणिज्य दूतावास वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत मिनाले जीवनको हरेक चरणमा योगको विशेष महत्व हुने गरेको छ, यसले शारीरिक लचकता, सन्तुलन, शक्ति तथा मानसिक स्वास्थ्य प्रवद्र्धनमा जोड दिने गर्दछ ।
नियमित रुपमा योगको अभ्यासले तनाव, चिन्ता तथा जीवन शैलीजन्य रोगहरूको जोखिम कम गर्न सहयोग पुर्याउने र सबै उमेर समूहका व्यक्तिलाई स्वस्थ, सक्रिय तथा आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरित गर्ने उनले बताए ।
दूतावासले स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा जुन १३ देखि २१ सम्म सात स्थानमा योग कार्यक्रम सञ्चालन उनले भने ।
जुन १३ मा पर्साको सखुवा प्रसौनी गाउँपालिका–पचगावाँ, जुन १६ मा चितवनको नारायणी नदी किनार, जुन १७ मा मकवानपुरको हेटौंडा स्थित रोयल पार्टी प्यालेस, जुन १८ मा पर्साको पोखरिया स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालय, जुन १९ मा धनुषाको जानकी मन्दिर परिसर, जुन २० मा गढीमाई विवाह मण्डप तथा जुन २१ मा वीरगञ्ज स्थित शंकराचार्य गेटमा योग कार्यक्रम आयोजना गरिने उक्त कार्यक्रममा जानकारी गराइयो ।
पचगावाँ, पोखरिया र गढीमाईका कार्यक्रम सम्बन्धित स्थानीय तहको सहकार्यमा सञ्चालन हुनेछन् । जनकपुरधामको योग उत्सव जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा मन्दिर परिसरमै आयोजना गरिनेछ ।
अन्तरराष्ट्रिय योग दिवसको मुख्य समारोह भने जुन २१ गते बिहान ५ः३० बजे वीरगञ्जस्थित शंकराचार्य गेटमा हुने जनाइएको छ । दूतावासका अनुसार यो कार्यक्रम यस वर्ष आयोजना गरिने सबै कार्यक्रम मध्ये सबैभन्दा ठूलो योग समारोह हुने अपेक्षा गरिएको छ ।
दूतावासले सम्पूर्ण कार्यक्रम निःशुल्क तथा सबैका लागि खुला रहेको जानकारी दिँदै सहभागीहरूलाई निर्धारित समय भन्दा अगावै कार्यक्रम स्थलमा उपस्थित हुन आग्रह दुतावासले गरे । उक्त पत्रकार सम्मेलनमा महावाणिज्यदुतावासका काउन्सलहरु संजय झा, मनिष दास, अजय जैन लगायतका दूतावासका कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन