वीरगञ्ज, ३१ जेठ । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा बृहत् रक्तदान शिविर आयोजना गरेको छ ।
नेपाल–भारत मैत्री संघ (एआईएफए) पर्सा, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्ज, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज तथा नेपाल यंग इन्टरप्रेन्योर्स फोरम वीरगञ्जको सहकार्यमा आज दूतावास परिसरमा आयोजित रत्तदान शिविरमा ठूलो संख्यामा स्वस्फूर्त रुपमा रक्तदान कार्यक्रममा सहाभागी भएको हो ।
स्थानीय नागरिक, युवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाए । रक्तदान मार्फत मानव जीवन बचाउने अभियानमा सहभागीहरू ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले रक्तदाताहरू सँग भेटघाट गर्दै उनीहरूको योगदानलाई खुलेर प्रशंसा गरे । उनले रक्तदान मानव सेवाको सर्वोत्तम माध्यम भएको उल्लेख गर्दै आवश्यक परेका बिरामीलाई जीवनदान दिन रक्तदाताको भूमिका अतुलनीय रहने बताए । “रक्तदानले आवश्यक परेका व्यक्तिलाई नयाँ जीवन प्रदान गर्दछ । समाजप्रति समर्पित रक्तदाताहरूको निस्वार्थ योगदान मानवताको उत्कृष्ट उदाहरण हो,” महावाणिज्य दूत मीनाले भने ।
दूतावासले सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै मानव सेवा र समाज कल्याणका क्षेत्रमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
रक्तदान कार्यक्रम पूर्ण रुपमा सफल हुनमा रक्तदाता, सहकार्य गर्ने संस्था तथा स्वयंसेवकहरू प्रति भारतीय महावाणिज्य दूतावास मिनाले आभार समेत व्यक्त गरे ।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी सहितका सुरक्षाकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, दुतावासका कर्मचारीहरु लगायतका रक्तदाताहरुले रक्तदान गरेको दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारतीय महावाणिज्यदूतावास वीरगञ्जमा आयोजित रक्तदान शिविरका फिचर तस्वीर । तस्वीर श्रोतः भारतीय महावाणिज्यदूतावास ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन