मधेश सरकारको अर्थमन्त्री भट्टराईद्वारा ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक

0 Shares

रौतहट, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मधेश प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराई आर्थिक बजेट प्रस्तुत गर्दै राजस्व तथा व्ययको वार्षिक अनुमानित बजेट घोषणा गरेको हो ।
अर्थमन्त्री भट्टराईले प्रस्तुत गरेको बजेट मध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५.६४ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ प्रतिशत रकम छुट्याइए । प्रदेश सरकारले विकास निर्माण, पूर्वाधार विस्तार तथा दीर्घकालीन आर्थिक गतिविधिलाई गति दिन पुँजीगत खर्चलाई विशेष प्राथमिकतामा राखेको जनाए ।
अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिनेछ ।
प्रदेश सरकारले आगामी बजेटलाई उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक सुरक्षासँग जोडेको जनाएको छ । बजेटमार्फत कृषि उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्ने तथा प्रदेशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको अर्थमन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।