रौतहट । माधव नारायण नगरपालिकाले मधेश प्रदेश तथा रौतहटमै नगरसभा सम्पन्न गर्ने स्थानीय तह मध्ये पहिलो भएका छन् ।
माधवनारायण नगर कार्यपालिकाको माधोपुर स्थित सभाकक्षमा ११ औं नगरसभामा नगर प्रमुख बैद्यनाथ प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५० करोड २९ लाख २० हजार ३६३ रुपैयाँको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने पहिलो स्थानीय तह भएका हुन् ।
नगरपालिकाले विकास तथा सेवा प्रवाहलाई प्रभावकारीको सूचीमा राख्दै उक्त बजेट विनियोजन गरिएको जनाए । प्रस्तुत बजेट अनुसार स्रोत व्यवस्थापन तर्फ आन्तरिक आयबाट १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ११ करोड रुपैयाँ र मधेश प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७५ लाख २० हजार रुपैयाँ रहने उल्लेख गरिएको छ ।
यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ १० करोड रुपैयाँ तथा मधेश प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको नगरप्रमुख यादवले बजेट प्रस्तुत गरे ।
नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान २० करोड १३ लाख रुपैयाँ मध्ये चालुतर्फ १९ करोड ४७ लाख रुपैयाँ र पुँजीगत तर्फ ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान २ करोड ५० लाख रुपैयाँ रहने अनुमानित बजेट बाचन उनले गरे ।
त्यसैगरी नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान ७० लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान ३० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँलाई बजेटमा समेटिएको छ ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको समन्वय तथा साझेदारी मार्फत प्राप्त हुने ३ करोड ६ लाख ३६० रुपैयाँ समेत बजेटमा समावेश गरिएको नगरप्रमुख यादवले बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
११औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले समावेशी विकास, सेवा प्रवाहको गुणस्तर सुधार तथा स्थानीय जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको नगर प्रमुख यादवले बताए ।
सो कार्यक्रममा उपनगर प्रमुख निर्मला देवी, नगर सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, ९ वटै वडाका अध्यक्षहरु, नगरका बोर्ड सदस्यहरु, निर्वाचित वडा सदस्यहरु सहित स्थानीय बासिन्दाहरु, विभिन्न फाँटका प्रमुखहरु, संचारकर्मीहरु लगायत विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन