सर्लाही, ३ असार । सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुरेश महतो पुनः विवादमा तानिएका छन् ।
महिला तस्करसँग तस्करीको ‘लाइन सेटिङ’ तथा लेनदेन सम्बन्धी विषयमा भएको अडियो संवाद सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेका हुन् ।
सार्वजनिक भएको अडियोमा महतोले तस्करी गतिविधि सँग सम्बन्धित महिलासँग समन्वय र पहुँच मिलाउने विषयमा कुराकानी गरेको दाबी गरिएको छ । अडियो बाहिरिए सँगै सर्लाहीमा तस्करी नियन्त्रणको अवस्थाबारे शंका उत्पन्न भएको छ ।
यसअघि पनि महतोको चश्मावाली नामक महिला तस्करसँगको अडियो तराई टप ले सार्वजनिक गरेपछि उनलाई सशस्त्र प्रहरीको मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनीमा तानिएको थियो । तर केही समयपछि पुनः सर्लाही फर्किएका महतोको अर्को अडियो सार्वजनिक भएपछि विवादमा मुछिएको छ ।
स्थानीय स्रोतका अनुसार पछिल्लो अडियो सार्वजनिक भएसँगै तस्करीमा संलग्न भनिएका समूहहरूबीच समेत खैलाबैला मचेको छ ।
केही दिनअघि सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका गणपति तथा एसपी अमरबहादुर खत्रीले जिल्लामा तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रहेको बताएका थिए । तर सार्वजनिक भएको अडियोले सुरक्षा संयन्त्र भित्रकै केही व्यक्तिको भूमिका माथि प्रश्न खडा गरेको स्थानीयको भनाइ छ ।
अडियो प्रकरणबारे सशस्त्र प्रहरी बलले औपचारिक छानबिन प्रक्रिया अघि बढाउने वा नबढाउने विषयमा भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन