राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत खुला सीमामा तारबार लगाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरिरहेकी बेला उनका विभिन्न अभिव्यक्ति र गतिविधिलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।
सांसद तामाङले विभिन्न सार्वजनिक कार्यक्रममा भारतलाई नेपालको प्रमुख विकास साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यको प्रशंसा गर्दै आएपनि अर्को तिर सीमानाकामा तारबार लगाउने कुराको अहिले राजनीतिक वृत्तमा बहस भएको हो ।
धादिङ स्थित एक माध्यमिक विद्यालयका लागि बस उपलब्ध गराइदिन भारतीय दूतावाससँग अनुरोध गरेको विषय पनि सार्वजनिक भएको तर सीमा क्षेत्रमा बस्ने मधेशी जनतालाई कडाई गर्ने हेतु तारबार लगाउनुपर्ने भनिरहदा उनको दोहोरो नीतिका विरुद्ध चर्को आलोचना एवं बहसको विषय बनेका छन् ।
यही पृष्ठभूमिमा कतिपय राजनीतिक विश्लेषक तथा सरोकारवालाहरूले सीमा व्यवस्थापनबारे कडा धारणा व्यक्त गर्ने र अर्कोतर्फ भारतसँगको विकास सहकार्यलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने कार्यबीच नीतिगत स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका हुन् ।
विश्लेषकहरूका अनुसार राजनीतिक नेतृत्व गर्नेहरु सार्वजनिक अभिव्यक्ति र व्यवहारबीच सन्तुलन तथा स्पष्टता कायम हुन नसके विश्वसनीयता माथि गम्भीर प्रश्न उठ्न सक्छ । एउटै विषयमा फरक–फरक सन्देश प्रवाह हुँदा नागरिक माझ अन्योल सिर्जना हुने तथा राजनीतिक सन्देशको प्रभाव समेत कमजोर बन्न सक्ने उनीहरूको भनाइ छ ।
यद्यपि, सांसद तामाङका समर्थकहरूले भने सीमा सुरक्षा र विकास सहकार्य दुई फरक विषय भएकाले दुवै मुद्दामा एकसाथ धारणा राख्नु अस्वाभाविक नभएको तर्क दिएका छन् । उनीहरूका अनुसार राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन र विकास साझेदारीलाई फरक–फरक दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता छ ।
सांसद तामाङको पछिल्लो अभिव्यक्तिपछि सीमा सुरक्षा, राष्ट्रिय हित र छिमेकी मुलुकसँगको सम्बन्ध बीच सन्तुलन कसरी कायम गर्ने भन्ने बिषयमा अन्यौलता छाएको छ ।
स्मरणीय छ की, भारत संगको सीमानाकाको सुरक्षा गर्न मधेशका जनताहरु आफै सक्षम रहेको छ । सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएका निकायहरु राजस्व चुहावट देखि लिएर आर्थिक लाभमा संलग्न भएको देखिन्छ । राज्यको मापदण्ड विपरित कार्य भईरहेकाहरुलाई कारवाही गराउनुको साटो सीमामा तारवार गर्ने कुरा गरेर साँसद तामाङ मधेशका जनताहरुलाई अनावश्यक रुपमा दुख दिने कार्य गरिरहेको यहाँका बासिन्दाहरुको ठहर छ ।
जहा सम्म सीमाको सुरक्षा सम्बन्धि विषयलाई हालै नवलपरासीको सुस्तामा नेपाली जनताहरु तिनीहरुलाई धपाएको हामी समक्ष ज्वलन्त उदाहण हो । हुनत सप्तरीमा पनि यस्ता घटना भएका थिए त्यहाँका जनताहरु आफनो भुमि र सीमाको सुरक्षा गर्न सक्षम रहेको बताइएको छ ।
साँसद तामाङले यसप्रकारको अभिव्यक्ति दिनु अघि सयौं पटक विचार गरेर भन्नुपर्ने राजनीतिक विश्लेशषकहरु बताउँछन् ।