गरुडा नगरपालिकामा मेयर–हाकिम बीच टकरावको कारण विकास काम प्रभावित भई विवाद हाबी

0 Shares

रौतहट, असार ४ । रौतहटको गरुडा नगरपालिका पछिल्लो समय विकास निर्माणको कामभन्दा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच बढ्दो विवाद निकै चर्चामा आएको छ ।
नगरप्रमुख कण्ठमणि प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत निलम न्यौपाने बीचको सम्बन्ध चिसिँदै जाँदा त्यसको असर नगरपालिकाको आन्तरिक विवादको कारण विकास निर्माणको कामहरु प्रभावित हुँदै आएको हो ।
नगर क्षेत्रका विभिन्न सार्वजनिक स्थल तथा चियापसलहरूमा नगरपालिका भित्रको शक्ति संघर्षबारे चर्चा हुन थालेको छ । नगरप्रमुख जयसवालले आफ्ना निकटस्थहरूसँग नगर प्रहरीदेखि कार्यपालिका सदस्य सम्म आफूबाट टाढिन थालेको गुनासो गर्ने गरेको सुनिन्छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफ्नो नेतृत्व कमजोर बनाउन विभिन्न समूह सक्रिय बनाएको आरोप लाग्ने गरेको छ ।
यता प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उक्त आरोप अस्वीकार गरे । उनका अनुसार आफूले नियम र कानुन विपरीत हुने काममा सहमति नजनाए पछि आफ्नो विरुद्ध वातावरण बनाउने प्रयास भइरहेको बताए । उनले आफूलाई बदनाम गराउने उद्देश्यले विभिन्न माध्यम प्रयोग भइरहेको दाबी गरे ।
स्थानीय स्रोतहरूका अनुसार नगरपालिका भित्रको विवाद यति चर्किदै गएको हुँदा केही कार्यपालिका सदस्यहरू समेत दुई पक्षमा विभाजित भएको देखिए । यसले निर्णय प्रक्रिया र प्रशासनिक कामकारबाही प्रभावित हुने चिन्तालाई बढाएको छ ।
यसबीच नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हटाउन राजनीतिक दबाब सिर्जना गर्न खोजेको तथा त्यसका लागि आफ्ना निकट व्यक्तिहरूलाई सक्रिय बनाएको चर्चा पनि बजारमा चलेको छ ।
उता प्रमुख प्रशासकीय अधिकृत पक्षबाट पनि नगरप्रमुखको कार्यकालमा भएका आर्थिक गतिविधिबारे छानबिन हुनुपर्ने अभिव्यक्ति आएको बताइन्छ । दुवै पक्षबाट सार्वजनिक तथा अनौपचारिक रूपमा भइरहेका आरोप–प्रत्यारोपले नगरपालिकाबाट सेवा प्रवाह हुने देखि लिएर विकास निर्माणको कार्य तनावपूर्ण बनेको स्थानीयको भनाइ छ ।
नेतृत्व तहको द्वन्द्वका कारण विकास निर्माणका योजना र दैनिक सेवाप्रवाह प्रभावित हुन सक्ने भन्दै चिन्तित छन् । विशेषगरी असार महिनामा विकास बजेट कार्यान्वयन र कृषिसम्बन्धी सेवाको आवश्यकता बढिरहेका बेला प्रशासनिक विवादले जनतालाई प्रत्यक्ष असर पुग्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।