तस्वीरः एआई प्रविधिको सहयोगमा तयार पारिएको छ ।
रौतहट, ४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजार स्थित बुधबार दिउसो ट्रेक्टरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा समनपुर सडक खण्डमा आज दिउसो १२ः४५ बजेको समयमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्रेक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा पछाडी सबार वृद्धको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए । उनको ढाड र गुप्ताङ (अण्डकोष) मा गम्भीर चोट लागेको प्रहरीले जनाए ।
घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ रिफर गरिएको थियो । तर उपचारका लागि लैजाँदै गर्दा दिउँसो करिब १ः४५ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
मृतक वृद्ध महराको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताउदै डिएसपी गौतमले ट्रेक्टर र चालक गरुडा नपा ५ का ३९ बर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
दुर्घटनापछि मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको बताउदै डिएसपी गौतमले घटनाबारे थप अनुसन्धान जारी रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन