वीरगञ्ज, ४ असार । भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा पोखरिया नगरपालिकाको रामदेव कलवार माध्यमिक विद्यालय परिसरमा १२ औं अन्तरराष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएका छन् ।
महावाणिज्यदूतावास, पोखरिया नगरपालिका र रानीगञ्ज आयुर्वेद अस्पतालको सहकार्यमा पोखरिया स्थित श्री उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय परिसरमा भव्य योग अभ्यास गरेर १२ औं अन्तरराष्ट्रिय योग दिवस मनाइएका हुन् ।
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम अन्तरराष्ट्रिय योग दिवस विभिन्न चौथो स्थानमा आयोजना भएको दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलको उपस्थितिमा योगाभ्यास कार्यक्रम सौहादपूर्ण वातावरणमा संचालन भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले योग अभ्यासबाट मानिसलाई स्वस्थ, सुखी र सन्तुलित जीवनको आधारका रूपमा व्याख्या गर्दै दैनिक जीवनमा योग अभ्यासलाई समावेश गर्न आग्रह गरे ।
उनले योगले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक शान्ति, सकारात्मक सोच र सामाजिक सद्भाव प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा हरेक मानिस योगलाई आफनो दैनिकी रुपमा उतार्न अपरिहार्य रहेको आग्रह गरे ।
पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उपप्रमुख तथा पूर्व नगर प्रमुख लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले योग अभ्यासमा सहभागी भए ।
दूतावासद्वारा विभिन्न स्थानमा योग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी योग संस्कृतिको प्रवद्र्धन गर्न महावाणिज्य दूतावासको वक्ताहरुले प्रशंसा गरे । उनीहरूले योगलाई स्वस्थ समाज निर्माणको प्रभावकारी माध्यमका रूपमा अपनाउनु पर्नेमा जोड दिए । सामूहिक योग अभ्यास तथा सहभागीहरूको योगलाई दैनिक जीवनशैलीको अभिन्न अंग बनाउने प्रतिबद्धता सँगै कार्यक्रम सम्पन्न भएको दुतावासले जनाए ।
योग अभ्यास कार्यक्रममा सयौं विद्यार्थीहरु सहित योगप्रेमीहरूको सहभागिता रहेको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन