गौर आँखा अस्पतालको महाअभियान चमनपुरमाः छनौट भएका ५८ मोतियाबिन्दुका विरामीको शल्यक्रिया

0 Shares

रौतहट, ४ असार । रौतहटको वृन्दावन नगरपालिका–६ चमनपुरमा आयोजित बृहत् निःशुल्क आँखा जाँच तथा उपचार शिविरबाट छनोट भएका ५८ जना मोतियाबिन्दुका बिरामीको बिहीबार गौर आँखा अस्पतालमा सफलता पूर्वक शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाको महाअभियान चमनपुरमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ४३५ जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५८ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको थियो ।
छनोट भएका बिरामीहरूलाई बिहीबार विशेष व्यवस्थासहित बस मार्फत गौर आँखा अस्पताल ल्याइएपछि लेन्स प्रत्यारोपण सहितको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाए ।
कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार रौतहट समाज सेवा यात्राका अध्यक्ष मोहम्मद वलिगुद्दिनको विशेष पहल तथा दहेजमुक्त अभियान नेपाल, वृन्दावन–६ को सहकार्यमा सम्पन्न शिविरले ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर बिरामीलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।
शल्यक्रियापछि रौतहट समाज सेवा यात्राका अध्यक्ष वलिगुद्दिन तथा दहेजमुक्त अभियानका अभियन्ता एवं समाजसेवी फिरोज अली स्वयं गौर आँखा अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक खाद्यान्न, फलफूल तथा दैनिक उपयोगका सामग्री उपलब्ध गराए ।
उनीहरू उपचारका क्रममा बिरामीलाई कुनै प्रकारको असहजता नहोस् भन्ने उद्देश्यले आवश्यक सहयोग गरिएको बताए । बिरामी तथा उनका परिवारजनले पनि निःशुल्क उपचार र सहयोग प्रति खुशी व्यक्त गर्दै आयोजक संस्था, अस्पताल र सहयोगीहरू प्रति आभार प्रकट गरे ।
गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत गाउँ–गाउँमा पुगेर आँखा परीक्षण, उपचार तथा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै आएको छ । यस अभियानले विशेषगरी दुर्गम तथा विपन्न समुदायका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कार्यक्रम संयोजक पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।