३२ लाख हुण्डीको रकम सहित दुई जना पक्राउ

0 Shares
सर्लाही, ५ असार । सर्लाहीको मलंगवा नगरपालिकामा हुण्डीको ३२ लाख रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरी कारवाही चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपरान्ह् ४ बजेको समयमा मलंगवा नगरपालिका–१० स्थित झिम पुल क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश नम्बर ०५–००१ प ५१५० र बीआर ३० एपी ०८८२ नम्वरको मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गर्दा दुई जना चालकको साथबाट ३२ लाख नगद बरामद भएपनि त्यसको श्रोत खुलाउन नसक्दा दुवै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुड्डु कुमार यादव र सोही गाउँपालिका–१ का २४ वर्षीय प्रवेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रकाश गौतमले बताए । उनीहरूको साथबाट श्रोत नखुलेको ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल तथा दुई थान मोबाइल बरामद गरिएको उनले भने ।
प्रहरीले पक्राउ गरेका दुबै जनाविरुद्ध हुन्डी कारोबार सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी गौतमले जानकारी दिए ।
बरामद रकमको स्रोत, प्रयोग तथा सम्भावित नेटवर्कबारे थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।