फोटो क्याप्सनः जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरमा मंगलवार विहान आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र थापा मगर ।
रौतहट, ९ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको ‘ट्राफिक सप्ताह २०८३’ अन्तर्गत साताव्यापी जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
असार ३ गते गौरमा आयोजित प्रभातफेरीलाई उदघाटन कार्यक्रमबाट सुरु भएको सप्ताहव्यापी अभियानमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह सहितका जिल्ला स्थित विभिन्न निकायका प्रमुखहरुको सहभागी थिए ।
असार ४ गते यातायात व्यवसायी तथा मजदुरहरूसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । असार ५ गते यातायात व्यवस्था कार्यालय गौर सँगको सहकार्यमा ७० वटा सवारी साधनको निःशुल्क मेकानिकल परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाए ।
असार ६ गते रक्तदान कार्यक्रममा १ जना सर्वसाधारण, १९ जना प्रहरी कर्मचारी सहित २० जनाले रक्तदान गरेका थिए । असार ८ गते ६९ जना चालकको स्वास्थ्य परीक्षण (सुगर, रक्तचाप, आँखा, मापसे तथा लापसे परीक्षण) गरिएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।
हिजो १४ जनाको लागुऔषध सेवन (लापसे) परीक्षण गर्दा ३ जना पोजेटिभ देखिए पछि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको समेत उनले बताए ।
आज मंगलबार सप्ताहव्यापी कार्यक्रमको समीक्षा तथा विवरण सार्वजनिक गर्न सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिदै उनले साँझ दीप प्रज्वलन कार्यक्रम गरी सप्ताह समापन गरिने स्पष्ट पारे ।
सप्ताहव्यापी अभियान अन्तर्गत ट्राफिक कार्यालय तथा मातहतका इकाइहरूद्वारा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको तथ्याँक सार्वजनिक गर्दै प्रहरी निरीक्षक मगरले अभियानका क्रममा १ हजार ४४० वटा ट्राफिक सचेतनामूलक स्टिकर तथा १ हजार ६०५ पर्चा–पम्पलेट वितरण गरिएको जनाए ।
यसैगरी ८ वटा विद्यालयका ९०० विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको, ६५० पैदल यात्रुलाई जेब्रा क्रसिङ प्रयोग गर्न सिकाइएयो, ५०५ चालकलाई ‘चालक सँग एक मिनेट’ कार्यक्रम मार्फत ट्राफिक नियमबारे जानकारी दिनुका साथै ७७० मोटरसाइकल चालकलाई हेल्मेटको सही प्रयोगबारे प्रशिक्षण दिइएको उनले बताए ।
ट्राफिक प्रहरीले अभियान अवधिभर जनचेतनामूलक जिंगल प्रसारण गरेर सुरक्षित र अनुशासित सडक संस्कृतिको सन्देश समेत प्रवाह गर्दै ट्राफिक सप्ताह कार्यक्रम रौतहटबासीको सहयोगमा पूर्ण रुपमा सम्पन्न गरेकोमा ट्राफिक प्रहरी निरीक्षक मगरले खुशी व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन