माण्डवीद्वारा मनसुनअघि बाढी जोखिम न्यूनीकरणका लागि ३ दिने प्रशिक्षक तालिम, उद्धार र पूर्वतयारी सम्बन्धी व्यावहारिक अभ्यास

0 Shares

ICIMOD र अष्ट्रेलियाली सरकारको सहयोगमा सञ्चालित तालिममा पालिका, सशस्त्र प्रहरी, अपाङ्गता क्षेत्रका प्रतिनिधि, महिला तथा युवाको सहभागिता प्रशंसनीय रहयो ।

रौतहट, ९ असार । आउँदै गरेको मनसुनलाई लक्षित गर्दै बाढीजन्य विपद्को जोखिमलाई न्यूनीकरण तथा प्रभावकारी रुपमा कसरी उद्धार गर्न सकिन्छ त्यसको तयारीका लागि तीन दिने बाढी विपद् पूर्वतयारी तालिम मंगलवार सम्पन्न भएको छ ।
माण्डवीको सहकार्य एवं ICIMOD को प्राविधिक सहयोग तथा अष्ट्रेलियाली सरकारको आर्थिक सहयोगमा सञ्चालित HI-GRID परियोजना अन्तर्गत उक्त तालिम गौरमा आयोजना गरिएर आज सम्पन्न भएको हो ।
तालिममा बाढीजन्य विपद्को पूर्वतयारी, जोखिम व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारका प्रशिक्षण प्रदान गरियो ।
कार्यक्रममा इसिमोडका शैलेन्द्र शाक्यले समुदायमा आधारित पूर्वबाढी सूचना प्रणाली (Community-Based Flood Early Warning System) का बारेमा विस्तृत जानकारी गराउँदै बाढी आउनु अघि र बाढीको समयमा उक्त प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा प्रकाश पारे ।
उनले नदीको जलस्तर, मौसम तथा जोखिम संकेतको नियमित निगरानी गरी प्राप्त सूचनालाई स्थानीय तह, स्वयंसेवक तथा समुदायसम्म छिटो र प्रभावकारी रूपमा पुर्याउने व्यवस्था रहेको बताए ।
शाक्यले समयमै सूचना प्रवाह हुन सकेमा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न सहज हुने र यसबाट मानवीय क्षति तथा धनजनको नोक्सानी न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । समुदायको सक्रिय सहभागिता र स्थानीय संयन्त्रको प्रभावकारी परिचालनले पूर्वसूचना प्रणालीलाई अझ परिणाममुखी बनाउनमा जोड दिए ।
यसैगरी प्रशिक्षक दीपक मरहठाले विभिन्न खेल तथा सहभागितामूलक अभ्यास मार्फत बाढी प्रभावित समुदायले विपद्को समयमा अपनाउनु पर्ने सावधानी, उद्धार तथा सुरक्षाका उपायबारे प्रशिक्षण दिए । सहभागीलाई मनोरञ्जनात्मक तरिकाले सिकाइ प्रदान गरिएको उक्त सत्रले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्र गरे ।
सिविएम नेपालका विमल पौडेलले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू बाढी तथा अन्य विपद्को समयमा कसरी सुरक्षित रहन सक्छन् भन्ने विषयमा जानकारी दिए । उनले विपद् पूर्वतयारी, सुरक्षित स्थानको पहिचान, सहयोगी सञ्जालको निर्माण तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने व्यवहारिक उपायबारे सहभागीलाई जानकारी गराए ।
कार्यक्रममा प्रशिक्षकहरु विपद् व्यवस्थापनमा सबै वर्ग र समुदायको सहभागिता आवश्यक रहेको औँल्याउँदै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, समावेशी विपद् तयारीलाई प्राथमिकता दिने तथा जोखिम न्यूनीकरणका गतिविधिलाई समुदायस्तर सम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमले समुदायमा विपद् सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै बाढीबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरियो ।

तालिमको विशेष आकर्षणका रूपमा स्थानीय स्रोत–साधनलाई प्रयोग गरेर उद्धार गर्ने सामग्रीहरु निर्माण, लाइफ ज्याकेटको प्रयोग तथा बाढीका बेला गरिने उद्धार अभ्यास सम्बन्धी जानकारी गराइयो । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणको विपद उद्धारमा खटिने तथा उनीहरुकै सहकार्यमा सञ्चालन गरिएको अभ्यासमा उपस्थित भई सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपसर माण्डवीले प्रदान गरेका थिए ।
माण्डवीका अनुसार समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गरी सम्भावित बाढीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहमा उपयोग गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
तिन दिने विपद उद्धार सम्बन्धी प्रशिक्षक तालिम कार्यक्रममा माण्डवीका कार्यकारी निर्देशक अञ्जु भाको अध्यक्षता समापन पत्रमा ICIMOD का शैलेन्द्र शाक्य, अष्ट्रेलियाली दूतावासकी सोफिला वैद्य, प्रशिक्षक दीपक मराठा (DEPO), विमल पौडेल (CBM Nepal), स्थानीय प्रशिक्षक राजय यादव तथा HI-GRID परियोजनाको टोलीको सहभागिता रहेको थियो ।
तालिममा परियोजना अन्तर्गतका १३ पालिकाबाट ३० जना, सशस्त्र प्रहरी बलका ३ जना, GESDI तथा DRR फोकल पर्सन, राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि, अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, महिला, युवा तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको माण्डवीका सामाजिक परिचालन अधिकृत सबिन्द्र कुमार दासले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।