रौतहट, १० असार । परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १०औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा अधुरा तथा बाँकी रहेका विकास योजनालाई प्राथमिकतामा राखिएको जनाइएको हो ।
बुधबार नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनमा आयोजित १० औँ नगरसभामा नगर प्रमुख शेख वकिलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख वकिलले आफ्नो दोस्रो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताए । एक समय जिल्लाकै सबैभन्दा पछाडि परेको स्थानीय तहका रूपमा चिनिएको परोहा नगरपालिकाले पछिल्ला वर्षहरूमा विकास र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको उनको दाबी थियो ।
नगर प्रमुख वकिलले नगरको वर्तमान स्वरूप परिवर्तन हुनुमा नगरवासी, कर्मचारी प्रशासन तथा जनप्रतिनिधिहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी वर्षमा बाँकी रहेका विकास निर्माणका योजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।
नगरसभामा उपप्रमुख सुगान्धी देवी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै नगरको समग्र विकासलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिए ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले विकास निर्माणका अधुरा आयोजना सम्पन्न गर्नुका साथै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन