धनकौल गाउँपालिकाको ४२ करोड ५५ लाखको बजेट, शिक्षा र कृषिलाई उच्च प्राथमिकता

0 Shares

सर्लाही, १० असार । सर्लाहीको धनकौल गाउँपालिकाको १७ औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष राम आश्रय साहले आगामी आर्थिक वर्ष २०८३– ०८४ का लागि ४२ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, कृषि, पूर्वाधार विकास, सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी दिएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष साहले नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको भावना तथा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै स्थानीय तहको समृद्धि र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित योजना ल्याइएको बताए । उनले सहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, सामाजिक न्याय तथा समावेशी विकासप्रति गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे ।
अध्यक्ष साहले सार्वजनिक गरेको वक्तव्यमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र नागरिक मैत्री बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति अवलम्बन गरिएको जनाए ।
शिक्षा क्षेत्रमा व्यापक सुधार
धनकौल गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै विद्यालयहरूलाई क्रमशः प्रविधिमैत्री तथा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेको छ । प्रत्येक विद्यालयमा इन्टरनेट सेवा, ल्यापटप, प्रिन्टर तथा आवश्यक डिजिटल उपकरण उपलब्ध गराइने तथा विद्यालय प्रशासनलाई सफ्टवेयर प्रणालीमा आबद्ध गरिने नीति पालिकाले लिइएको छ ।
त्यस्तै, विद्यार्थी संख्याको आधारमा शिक्षक व्यवस्थापन गरिने, विषयगत शिक्षक अभाव भएका विद्यालयमा योग्य युवालाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गरिने तथा शिक्षासँगै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिने बताए । विद्यालय पूर्वाधार, खेलकुद सामग्री, बेन्च–डेस्क, पंखा तथा अन्य शैक्षिक सामग्री व्यवस्थापनमा समेत विशेष ध्यान दिइने उनले भने ।
कृषि र आर्थिक समृद्धिमा जोड
कृषि उत्पादनको दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको धनकौल गाउँपालिकाले कृषिको व्यवसायीकरण, आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउन् कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताए । स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धिको आधार निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ ।
बहुवर्षीय योजना मार्फत दिगो विकास
गाउँपालिकाले गौरवका आयोजनाहरूलाई बहुवर्षीय योजनाका रूपमा सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ । ठूला तथा महत्वपूर्ण विकास आयोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया मार्फत समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसबाट विकास निर्माण कार्यलाई थप व्यवस्थित, प्रभावकारी तथा दिगो बनाउने अपेक्षा गरियो ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनका क्षेत्रलाई समेट्दै ‘समृद्ध, सक्षम र आत्मनिर्भर धनकौल’ निर्माणको स्पष्ट आधार तय गरेको सहभागीहरूले बताए ।
गाउँसभामा मधेश प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत विकास, सेवा प्रवाह र आर्थिक समृद्धिलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।