रौतहट, १० असार । गौर आँखा अस्पताल, पुरेनवाले सञ्चालन गर्दै आएको महाअभियान अन्तर्गत गढीमाई नगरपालिका–६ स्थित माध्यमिक विद्यालय धर्मपुरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा जनचेतना धर्मपुर–६ को विशेष पहलमा आयोजित शिविरमा १७८ जनाले आँखा परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको हो ।
परीक्षणका क्रममा २७ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरूको लेन्ससहित निःशुल्क शल्यक्रिया भोलि गौर आँखा अस्पतालमा गरिने कार्यक्रम रहेको जनाए ।
शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयका अनुसार शल्यक्रियाका लागि बिरामीलाई अस्पताल सम्म ल्याउने तथा उपचार पछि सुरक्षित रूपमा घरसम्म पुर्याउने सम्पूर्ण व्यवस्था अस्पतालको निर्धारित कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको छ ।
आजको शिविरमा नेत्र अधिकृत शिवकुमार यादव सहित सात सदस्यीय प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो । टोलीले स्थानीय बासिन्दाको आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवामा सक्रिय भूमिका निर्वाह गरेको जनाए ।
शिविर मार्फत १३२ जनालाई निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाए । ग्रामीण क्षेत्रका नागरिकलाई सहज र पहुँच योग्य आँखा सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
गौर आँखा अस्पतालले समुदायस्तरमै पुगेर निःशुल्क आँखा परीक्षण, उपचार तथा मोतियाबिन्दु शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । अस्पतालले “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी” भन्ने नारासहित आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको अस्पतालले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन