नयाँ दिल्ली, १२ असार । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित बनेको ऊर्जा आपूर्तिमा सुधारआएपछि भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) माथि लगाइएको संकटकालीन प्रतिबन्धलाई हटाएको छ ।
हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा ढुवानी सहज बन्दै गएको निष्कर्ष सहित भारतले गैर–घरेलु प्याक गरिएको एलपिजी माथिको प्रतिबन्ध हटाएको हो । पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा पश्चिम एसियामा संकट सुरु हुनु अघिकै स्तरमा एलपिजी आपूर्ति पुनः स्थापित गरिएको जनाए ।
मन्त्रालयका अनुसार संकटको सुरुआतमा रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशत सम्म पुनः सञ्चालन गरिएको छ । यससँगै उद्योग, होटल तथा अन्य व्यावसायिक क्षेत्रमा एलपिजी आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारत एलपिजीको दोस्रो ठूलो आयातकर्ता मुलुक हो । भारतमा खपत हुने अधिकांश एलपिजी मध्यपूर्वी मुलुकबाट आयात हुने भएकाले क्षेत्रीय युद्धका कारण ऊर्जा आपूर्ति शृंख्लामा प्रत्यक्ष असर पारेको थियो । विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्धका कारण फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।
इरान र अमेरिका बीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानी पुनः सहज बनेको छ । त्यसको प्रत्यक्ष प्रभाव भारतको ऊर्जा आपूर्तिमा परेको सरकारको भनाइ छ । ऊर्जा संकटका बेला भारत सरकारले लाखौँ उपभोक्ताहरुलाई प्रयोग गर्ने एलपिजीको मूल्य समेत बढाएको थियो । आपूर्ति शृख्लामाथिको दबाब कम गर्न गत महिना करिब चार अर्ब अमेरिकी डलर बराबरको कोइला ग्यासीकरण विस्तार योजनालाई पनि स्वीकृत दिएको थियो ।
खाडी क्षेत्रको आपूर्ति मार्गमा आएको अवरोधले भारतको ऊर्जा सुरक्षा सँगै समग्र अर्थतन्त्र र आर्थिक वृद्धिदरको अनुमानमा समेत दबाब सिर्जना गरेको थियो । अहिले ऊर्जा आपूर्ति सुधार भएसँगै सरकारले बजारलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन