रौतहट, १२ असार । रौतहटमा बढ्दो लागुऔषध दुव्र्यसन र अवैध ओसार पसार नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह र समुदाय एकै मोर्चामा उभिनु अपरिहार्य भएका छन् ।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा आयोजित सचेतना कार्यक्रममा लागुऔषध नियन्त्रण प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको सन्देश दिएका हुन् ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले लागुऔषध दुव्र्यसनले विशेषगरी युवा पुस्तामाथि गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि समुदाय, अभिभावक, विद्यालय तथा सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । “प्रहरीले मात्र यो लडाइँ जित्न सक्दैन,” उनले स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले विद्यालय र कलेज तहबाटै लागुऔषध विरुद्धको सचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । समयमै युवालाई सचेत बनाउन नसके भविष्यमा समस्या अझ जटिल बन्न सक्ने उनको भनाइ थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण का एसपी रामहरी अधिकारीले आफ्नै वरपर हुने शंकास्पद गतिविधि प्रति नागरिक सचेत रहन र त्यस्ता गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरे ।
समुदायको सक्रिय सहयोगबिनाको लागुऔषध नियन्त्रण अभियान प्रभावकारी हुन नसक्ने उनले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले लागुऔषध दुव्र्यसनमा फसेका व्यक्तिलाई केवल अपराधीका रूपमा नभई उपचार, परामर्श र पुनस्र्थापना आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे । उनीहरूको पुनस्र्थापनाका लागि परिवार, समुदाय र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको औँल्याए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, विभिन्न संघसंस्था, शिक्षक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा ‘लागुऔषधमुक्त समाज निर्माण’ का लागि साझा प्रतिबद्धता जनाइएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन