भिक्टोरिया (सेशेल्स), १४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्द महासागरलाई आर्थिक समृद्धि, समुद्री सुरक्षा र पारस्परिक विश्वासमा आधारित सहकार्यको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
तीन दिने औपचारिक भ्रमणका क्रममा सेशेल्स पुगेका प्रधानमन्त्री मोदीले आइतबार राष्ट्रपति प्याट्रिक हर्मिनीसँग प्रतिनिधिमण्डल स्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतको हिन्द महासागर सम्बन्धी दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
“हाम्रो दृष्टिकोण हिन्द महासागरलाई अवसरको महासागर बनाउने हो,” प्रधानमन्त्री मोदीले भने । उनले आर्थिक समृद्धिसँगै समुद्री सुरक्षा सुनिश्चित गर्नु भारतको प्राथमिकता रहेको उल्लेख गर्दै साझेदारी कुनै देशको आकार वा शक्तिका आधारमा नभई पारस्परिक सम्मान, विश्वास र समान हितमा आधारित हुनुपर्नेमा जोड दिए ।
मोदीले हिन्द महासागरलाई साझा घरको संज्ञा दिदै यसको सुरक्षा, दिगोपन र समृद्धि सबै राष्ट्रको साझा जिम्मेवारी भएको बताए । उनले क्षेत्रीय स्थायित्व, सुरक्षित समुद्री मार्ग र दिगो विकासका लागि भारत सेशेल्स लगायत हिन्द महासागर क्षेत्रका साझेदार राष्ट्रसँग सहकार्य विस्तार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।
भेटवार्ताका क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध, समुद्री सुरक्षा, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा छलफल गरेका थिए ।
भारत र सेशेल्सबीच रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन